ताजा समाचार

कर्जन्हा : श्रीमान मलेसियामा दोस्रो विहे गरेपछि महिलाको बिच्चली

  • कार्तिक १९, २०७५
  • १४९९ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, १९ कार्तिक । श्रीमान मलेसियामा दोस्रो विबाह गरेपछि कर्जन्हा नगरपालिका बडा नं. ११ का ३५ बर्षीय अरहुलिया महतो बिच्चलीमा परेकी छिन् । करीब १५ बर्षदेखि मलेसियामा रहदै आएका ३८ बर्षीय श्रीमान किसुनलाल महतो उतै इन्डोनेसियन केटीसंग विहे गरेपछि अरहुलिया थप चिन्तमा डुबकी छिन् । करीब १७ बर्षअघि समाजिक परम्परा अनुसार कर्जन्हा नगरपालिका बडा नं. ६ बेतहाका अरहुलिया र सोही नगरपालिका बडा नं. ११ बगहाका किसुनलाल महतोबिच बिबाह भएको थियो । बिबाहको २ बर्षपछि किसुनलाल धना कमाउने उदेश्यले बिदेशिएका थिए । फर्केर आउने आशामा रहेकी बेला श्रीमान विदेशमै दोस्रो बिहे गरेको खबर सुनेपछि अरहुलियाको जिबनमा थप पिडा थपिएको छ । 
 
उनले भनिन् “बिहेको २ बर्षपछि श्रीमान मलेसिया गयो, मलेसिया गएको २÷३ बर्षसम्म केहि पैसा पनि पठायो, त्यसपछि पैसा पठाएन्, फोन पनि गर्दैन, विदेश गएको १५ बर्ष भईसकेको छ, खानबस्न समेत समस्या भएपछि अहिले माइतिमा बस्दै आएको छु ।” उनले आँसु झार्दै भनिन् “मलाई बालबच्चा पनि छैन, नागरिकता छैन्, नागरिकताको सिफारिसका लागि महिनौदेखि भौतारिदा पनि कोहि बनाई दिएनन्, बडा अध्यक्षले सिफारिस दिएन, तपाई अधिकारकर्मी, समाजसेबी, पत्रकारहरु सहयोग गरिदिनुस्, नागरिकता भएपछि कुनै रोजीरोटी गरेर जिबनयापन गर्छु ।” 
 
 
बहिनीले जिबन सुखीसंग बिताउछ भन्ने विश्वासले बिहेगर्दा पनि अहिले दुखमा परेको देखेर पछताउनु परेको अरहुलियाका दाजु राजकुमार महतोले बताए । उनले भने “उसको श्रीमान बिदेशमा अर्को बिहे गरेको छ, पैसा पनि पठाउदैन, सासुससुराको मृत्यु भईसकेको छ, केहि जग्गा जमिन भएपनि उसकोे दाजुभाईहरुले दिन चाहदैन, नागरिकता पनि बनाई दिदैन, मैले जिल्ला प्रहरी कार्यालय सिरहाको महिला सेलमा पनि निबेदन दिएका थिए तर त्यहाँ पनि केहि भएन, श्रीमान बिदेशमा भएपछि हामीले केहि गर्न सक्दैनौं भन्यो ।” 
 
यस बिषयमा समाजिक अभियन्ता तथा समाजसेबी सरोज रायको जानकारी भएपछि उनले र्कािर्तक १६ गते अरहुलियाको घरमै पुगी घटनाको बारेमा जानकारी लिएका छन् । अरहुलियाको नागरिकताको लागि आफुले पहल सुरु गरिसकेको अभियान्ता रायले बताएका छन् । अरहुलियालाई बडा अध्यक्ष कपिल यादबले नागरिकताको लागि सिफारिस दिन नमानेको अभियन्ता रायले बताए । यस बिषयमा कर्जन्हाका मेयर गंगा पासमानसंग बुझँदा उहाले नागरिकताको लागि सहयोग गर्ने बताएको समेत उनले जनाएका हुन् । उनले भने “अरहुलियाको नागरिकताका लागि आफुले कानुन अनुसार प्रक्रिया अगाडी बढाउछु, नागरिकता भएपछि श्रीमानलाई बिदेशबाट झिकाउन सजिलो हुनेछ ।”

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤