ताजा समाचार

परम्परा भत्काइएको टिप्पणी राष्ट्रपतिसँगै उपराष्ट्रपति बसेपछि सुरु भयो विवाद

  • चैत १६, २०७४
  • ८६२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत्र १६ । संसदीय अभ्यास र परम्पराविपपरीत उपराष्ट्रपतिलाई राष्ट्रपतिसँगै बिहीबार संसदमा आसन गराइएपछि विवाद सुरु भएको छ । विगतमा राष्ट्रपतिले संसदलाई सम्बोधन गर्दा उपराष्ट्रपतिलाई संसदको बाल्कोनीमा विशिष्ट कुर्सीमा आसन गराइन्थ्यो । बिहीबार संघीय संसदका दुबै सदनको संयुक्र बैठकमा उपराष्ट्रपति नन्दबहादुर पुनलाई भने राष्ट्रपति भण्डारीसँगै कुर्सी राखेर आसन ग्रहण गराइएको थियो । संसदीय अभ्यास र परम्पराविपरीत उपराष्ट्रपतिलाई आसन गराइएको भन्दै संसदका जानकारहरुले आश्चर्य व्यक्त गरेका छन् । आजको अन्नपूर्ण पोस्टको पृष्ठ ४ मा यो समाचार छापिएको छ । एक नेताले भने,-संसदको अभ्यास र परम्परा कानुन सरह हुन्छ । -एकाएक परम्परा किन भत्काइयो छक्क परेका छौं ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤