ताजा समाचार

अपराध न्यूनिकरणका लागि ‘समुदाय—प्रहरी साझेदारी’ अभियान

  • कार्तिक १९, २०७५
  • १३१० पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

लहान, १९ कात्तिक । अपराध न्यूनिकरणका लागि नेपाल प्रहरीले समुदायसँगको सहकार्यको लागि ‘समुदाय–प्रहरी साझेदारी’ अभियान सुरु गरेको छ । शान्ति र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यका साथ ईलाका प्रहरी कार्यालय लहानले नगरपालिकासँग सहकार्य गरि स्थानीयतहमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन गर्न आज सरोकारवालाहरुबीच छलफल गरि २१ सदस्य समिति गठन गरिएको छ । लहान नगरपालिकाका मेयर मुनि साहका प्रमुख आतिथ्यमा कार्यक्रमको शुभारम्भ गर्दै लहान नगरपालिका समृद्ध बनाउन यसले महत्वपूर्ण योगदान पुर्याउने मेयर साहले बताउँनुभयो । ‘भ्रष्ट, तस्कर, गुण्डा र अपराधीको जरै उखेलेर फाल्नुपर्छ । नागरिकले अपराधीका सूचना उपलब्ध गराउने वातावरण यो अभियानबाट हुनेछ,’ मेयर साहले बताउँनुभयो ।

उहाँले दिगो शान्ति कायम गरी लहानका २४ वटै वडालाई समृद्ध बनाउने सरकारको लक्ष्य हासिल गर्न नेपाल प्रहरीले कार्यक्रम संचालन गरेर ऐतिहासिक योगदान दिने बताउँदै शान्तिपूर्ण र सुरक्षित समाजका लागि कार्यक्रम ऐतिहासिक हुने मेयर साहले बताउँनुभयो । ‘हर प्रहर, गाउँ नगरीः टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नारा तय गरिएको कार्यक्रम लहान नगरपालिकाका टोल टोलमा सञ्चालन गरिनेछ । मुलुकमा हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना बढ्दै गइरहेका बेला समुदायसँग मिलेर त्यस्ता जघन्य अपराधका घटना नियन्त्रण गर्न नेपाल प्रहरीले कार्यक्रम सञ्चालन गरेको हो ।

प्रहरीले अघि सारेका कार्यक्रममा आधारभूत सुरक्षा, प्रहरी र स्थानीय तहबाट प्राप्त हुने सहयोग, सिसिटिभीलगायत प्रविधिको विस्तार, महिला बालबालिका, ज्येष्ठ नागरिकमाथि हुने हिंसा नियन्त्रण, दाइजो, बालविवाह, छाउपडी, बोक्सी प्रथाको नियन्त्रण आदि समेटिएको छ ।यस्तै प्रहरीले नागरिकसँगकै सहकार्यमा मानव बेचबिखनको नियन्त्रण, एकीकृत घुम्ती शिविर सञ्चालन, सडक सुरक्षा, लागु औषध निषेध र मदिरा नियन्त्रण, विपद व्यवस्थापन, साइबर सुरक्षा र प्राकृतिक स्रोतसाधनको दोहन र दुरुपयोगमा पनि विशेष ध्यान दिने ईलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤