Siraha Times
ताजा समाचार

अतिविप्पनको घाउमा मलहम लगाउँदै डाक्टर मुन्ना

  • वैशाख ६, २०७९
  • १५९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल (नवसग्राम दैनिक) लहान ६ बैशाख । नेपाल आयुर्वेदिक व्यवसाय संघ सिरहाको आयोजनामा सलहेस फुलबारी महोत्सवमा हजारौलाई निशुल्क उपचारसहित औषधि उपलब्ध गराएको छ । योसँगै खानेपानीको व्यवस्थापन गरेका थिए । सामाजहीतमा सँघका अध्यक्ष डाक्टर प्रि रंजन उपाध्याय (मुना) यस्तै कार्य गर्दै विगत तीन दशकदेखि लहानको घण्टा घर नजिकै स्वास्थ्य सेवा दिरहेका छन् । सोहीक्रममा डा० उपाध्याय आयुर्वेदिक पद्धतिबाट निशुल्क उपचार औषधि वितरण गरी गरीब दलित अतिविप्पन र पिछडिएको समुदायको घाउमा मलहम लगाउँनु भएको छ । उपाध्यायले समाजमा गरीब तप्काका नागरिकमा आर्थिक संकटका कारण धेरै रोगले आफ्नो हैकम जमाई सकेका छन् । माप दण्ड विपरीत रासायनिक विषादी प्रयोग भएका खाद्य वस्तु खाएर दीर्घरोगीको संख्या बढ्दै गइरहेको छ । एलोपेथिक चिकित्सा महँगो भएर यी समुदायको अवस्था भयावह भइरहेकोले हामी यो कार्यक्रम शुरू गरेको बताउँछन्ं ।

सेवा नै धर्म हो भन्दै उपाध्यायले यो सेवा हामी निरन्तर जारी राख्छौं र अब आउने दिनमा यस्तै शिविर सँघमार्फत गाउँ गाउँमा चलाउँने प्रतिबद्धता लिएको बताउँछन् । समितिका सचिव डाक्टर ओमप्रकाश साहले अब आउने दिनमा आयुर्वेदिक बाहेक विकल्प नरहेकोले यो सेवा हामी जिल्लाको हरेक स्थानीयतहको गाउँ टोल बस्ती सम्म विस्तार गर्ने योजना बनाई सकेका छौं र नागरिक पनि यसतर्फ आकर्षित हुन जरुरी छ उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

रसुवा बाढीमा खडकका ९ ...

ओम प्रकाश यादव लहान, भदौ १९ । रसुवामा आएको विनाशकारी बाढीमा आफ्ना नागरिक गुमाएको पीडामा रहेको सप्तरी ...

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१