ताजा समाचार

मिर्चैया : आधारभुत विद्यालयको नवनिर्मित भवनको उद्घाटन

  • कार्तिक १८, २०७५
  • ११३९ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, १८ कार्तिक । सिरहाको मिर्चैया नगरपालिका बडा नं. १ महदेवा स्थित जनता आधारभुत बिद्यालयमा नवनिर्मित भवनको एक कार्यक्रमबिच उद्घाटन गरिएको छ । आधारभुत स्तरका विद्यालयका लागि जिल्लाकै नमुनाको रुपमा निर्माण भएको भबनको आइतवार मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादबले उद्घाटन गरेका छन् । 
 
 
विद्यालय परिसरमा आयोजित नवनिर्मित भवन उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रममा मेयर यादबले बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई गुणस्तरीय तथा व्यबहारिक शिक्षा प्रदान गर्न शिक्षक शिक्षिकाहरुलाई निर्देशन दिएका छन् । 
 
 
तत्कालिन जिल्ला शिक्षा कार्यालयको ३२ लाख र जनश्रमदानको १२ लाख १० हजार ५ सय ६५ रुपैया ८९ पैसा गरी जम्मा ४४ लाख १० हजार ५ सय ६५ रुपैया ८९ पैसाको लागतमा दुई तले चार कोठे भबन निर्माण सम्पन्न भएको बिद्यायलका प्र.अ. बिजय कुमार यादबले बताए । 
 
कार्यक्रममा बिभिन्न बिद्यालयका प्र.अ. र बडाका बृद्धबृद्धाहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम कुमारी साहको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका उपमेयर जिबछी देबि साह, प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडल, बडा नं. १ का बडा अध्यक्ष धनिकलाल यादब, बडा नं. ५ का बडा अध्यक्ष धिरेन्द्र कुमार साह, नगरपालिकाका कार्यपालिका सदस्य बिजय कुमार साह, बिनि बुद्धिमान दनुवार, श्रोत व्यक्ति श्याम यादब लगायत बिभिन्न बिद्यालयका प्र.अ, बिद्यार्थी, शिक्षक, स्थानियबासी लगायतका सहभागिता रहेका थिए । 
 

 

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤