मिर्चैया : आधारभुत विद्यालयको नवनिर्मित भवनको उद्घाटन

  • कार्तिक १८, २०७५
  • ९९२ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, १८ कार्तिक । सिरहाको मिर्चैया नगरपालिका बडा नं. १ महदेवा स्थित जनता आधारभुत बिद्यालयमा नवनिर्मित भवनको एक कार्यक्रमबिच उद्घाटन गरिएको छ । आधारभुत स्तरका विद्यालयका लागि जिल्लाकै नमुनाको रुपमा निर्माण भएको भबनको आइतवार मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादबले उद्घाटन गरेका छन् । 
 
 
विद्यालय परिसरमा आयोजित नवनिर्मित भवन उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रममा मेयर यादबले बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई गुणस्तरीय तथा व्यबहारिक शिक्षा प्रदान गर्न शिक्षक शिक्षिकाहरुलाई निर्देशन दिएका छन् । 
 
 
तत्कालिन जिल्ला शिक्षा कार्यालयको ३२ लाख र जनश्रमदानको १२ लाख १० हजार ५ सय ६५ रुपैया ८९ पैसा गरी जम्मा ४४ लाख १० हजार ५ सय ६५ रुपैया ८९ पैसाको लागतमा दुई तले चार कोठे भबन निर्माण सम्पन्न भएको बिद्यायलका प्र.अ. बिजय कुमार यादबले बताए । 
 
कार्यक्रममा बिभिन्न बिद्यालयका प्र.अ. र बडाका बृद्धबृद्धाहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम कुमारी साहको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका उपमेयर जिबछी देबि साह, प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडल, बडा नं. १ का बडा अध्यक्ष धनिकलाल यादब, बडा नं. ५ का बडा अध्यक्ष धिरेन्द्र कुमार साह, नगरपालिकाका कार्यपालिका सदस्य बिजय कुमार साह, बिनि बुद्धिमान दनुवार, श्रोत व्यक्ति श्याम यादब लगायत बिभिन्न बिद्यालयका प्र.अ, बिद्यार्थी, शिक्षक, स्थानियबासी लगायतका सहभागिता रहेका थिए । 
 

 

 

प्रतिक्रिया दिनुहोस

अंग्रेजी माध्यममा पठ ...

रहमुल लहान २८ जेठ । सिरहाको लहान नगरपालिकाले ल.ल.कु.मा.बि. र मा.वि. पडरिया थारुटोलका अंग्रेजी माध्यम ...

सबल महासङ्हजलवायुमैत ...

ओम प्रकाश यादव लहान, सिराहा, जेठ २८ ।‘सशक्त, समृद्ध, सम्मानित किसान : सबल महासङ्ह’ भन्ने ...

नवराजपुरमा विपतका सम ...

रहमुल लहान २७ जेठ । सिरहाको नवराजपुर गाउँपालिकाको सभाहलमा शिक्षा, युवा तथा खेलकुद शाखा नवराजपुर गाउँ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१