ताजा समाचार

दुहवी नगरपालिका उपप्रमुखले वडा सदस्य माथि हातपात

  • चैत १०, २०७४
  • १४६५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत्र १०, २०७४ / दुहवी: सुनसरीको दुहवी नगरपालिका की उपप्रमुखले वडा सदस्यमाथि हातपात गरेकी छन् । बजेट फरछ्यौटको विषयलाई लिएर उपप्रमुख सुनिता दाहाल साहले वडा नम्बर ५ का सदस्य कृष्ण योञ्जनमाथि हातपात गरेकी हुन् । दुई निर्वाचित जनपदाधिकारीबीच हात हालाहाल भएपछि नगरपालिकामा शुक्रबार दिउँसो तनावग्रस्त बन्नेपछि सुरक्षाकर्मी परिचालन गर्नुपरेको थियो । उपप्रमुखले कार्यालय परिसरमै सदस्यमाथि हात हालेपछि दुई पक्षबीच तनावको अवस्था सिर्जना हुनपुगेको थियो ।

उपप्रमुखको रवैयाप्रति प्रश्न उठाउँदै राजीनामाको माग गरेका थिए । स्थानीयहरूले कार्यालय घेराउसहित प्रदर्शन थालेपछि बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो । दुहवी ५ मा रहेको खेल मैदान पुर्ने कामका लागि गठित उपभोक्ता समितिको बजेट फर्छ्यौटको विषय उपप्रमुख समक्ष पुगेको थियो । वडा अध्यक्ष रमेश रौनियार र सदस्य कृष्ण योञ्जनसहित पुगेको टोलीसँग विवाद चर्केपछि शाहले हातपात गरेको योञ्जनले बताए । वडा अध्यक्षसहितले बजेट फर्छ्यौटको माग गर्दा उपप्रमुखले कामको मूल्यांकन गरेर मात्र स्वीकृत गर्ने बताएपछि चर्काचर्की सुरु भएको उनको भनाइ छ ।

उपप्रमुखले मूल्यांकन गर्ने बताए पनि रकमको मोलमोलाइ नमिलेपछि घटना भएको उपभोक्ता समितिका पदाधिकारीहरूले बताएका छन् । उक्त विषयलाई लिएर केही दिनअघिदेखि नै उपप्रमुख र वडा अध्यक्षसहितका पदाधिकारीबीच विवाद भएको नगरपालिकाका कर्मचारीहरूले बताएका छन् । समितिका व्यक्ति र उपप्रमुखबीच चर्काचर्की हुन थालेपछि उपप्रमुखले आफ्ना श्रीमानलाई बोलाएको र वडा अध्यक्ष र सदस्यसँग विवाद बढ्न थालेपछि आक्रोशित बनेकी उपप्रमुखले वडा सदस्यमाथि हात हालेको बताइएको छ ।

सदस्यमाथि भएको हातपातमा संलग्न उपप्रमुखका श्रीमानलाई इलाका प्रहरी कार्यालय दुहवीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक शैलेश न्यौपानेले बताए । हापातमा संग्लग्न उपप्रमुख साह, वडा अध्यक्ष रौनियार र सदस्य योञ्जन सबै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤