ताजा समाचार

हिन्दुराष्ट्र र राजतन्त्र फर्काउन संघर्ष ः राप्रपा अध्यक्ष थापा

  • कार्तिक १४, २०७५
  • ८८१ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, १४ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा हिन्दुराष्ट्र र राजतन्त्र फर्काउन जनसंघर्ष गर्ने चेतावनी दिएका छन् । फाल्गुन ७ गतेदेखि सुरु हुने संघर्ष हिन्दुराष्ट्र र राजतन्त्र कायम नभएसम्म जारी रहने उनले दाबी गरेका छन् । देश दौडाहामा रहेका अध्यक्ष थापाले बुधबार सिरहाको मिर्चैयामा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै केही दलका नेताहरुले व्यक्तिगत स्वार्थसिद्ध गर्न जनतालाई झुक्याएर विदेशीको ईशारामा रातारात हिन्दुराष्ट्र हटाएर धर्मनिरपेक्ष बनाएको आरोप लगाए ।

45183084_330505520832881_4406283897600475136_n

नेपालमा राजा सहितको प्रजातन्त्रको आवश्यकक्ता रहेको भन्दै अध्यक्ष थापाले राजा बिना देशमा शान्ति र शुसासन कायम हुन नसक्ने जिकिर गरेका छन् । हिन्दु राष्ट्रको पहिचान समाप्त गरी राजतन्त्रलाई पाखा लगाएकोले जनता राजा तर्फ फर्कने मुडमा रहेको उनले दाबी गरेका छन् । राजा बिना देशलाई फाईदा नहुने भन्दै उनले छठपछि अभियान सुरु गरी अगाडी बढ्ने स्पष्ट गरे ।

45193393_2299629700270671_3284361564265644032_n

देशमा संघियता आएपनि जनताले महशुस गर्न नसकेको भन्दै अध्यक्ष थापाले बर्तमान सरकार प्रहरी प्रशासन र न्यायलयलाई दबाबमा राखेको आरोप लगाए । हत्याहिंसा, बलात्कार लगायतका घटनाहरु भएपनि सरकारको दबाबमा प्रहरी अपराधी पक्राउ गर्न असमर्थ भईरहेको उनले जिकिर गरे ।

45073573_2140757856252335_7038369478702268416_n

बाल हठका कारण पार्टी अलग–अलग भएको भन्दै उनले जनमतको माध्यमबाट हिन्दुराष्ट्र र राजा सहितको प्रजातन्त्र स्थापित गर्नका लागि एकता गर्ने गृहकार्यमा रहेको समेत खुलासा गरे । फुटका कारण पार्टी कमजोर भएको भन्दै उनले सबैलाई एकजुट भएर बलियो बनाउनु पर्ने बताएका छन् । राष्ट्रलाई बिखण्डन र सर्बसताबादबाट बचाउन पार्टी एकता अपरिहार्य रहेको बताउदै उनले छिटै एकता हुने समेत विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤