मुलुक समृद्धिको लागि शान्ति र उर्जा

  • कार्तिक १३, २०७५
  • १०१३ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक । रेडियो सौगात  लहान, १३ कात्तिक । शान्ति र उर्जा नै मुलुकलाई समृद्धितर्फ उन्मुख गर्न सक्छ भन्दै आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले यहाँ पोल्टिकल क्राईसिस रहेकोले प्रदेश २ समेत समृद्धिपथमा अघि नबढेको बताउँनुभयो । जिल्ला उद्योग वाणिज्य सँघ लहानको पदस्थपना कार्यक्रममा आज मन्त्री यादवले संविधानमा त्रुटी रहेकोले संशोधनको विकल्प नरहेको बताउँनुभयो । 

जबसम्म संविधान संशोधन हुँदैन तबसम्म यहाँ उद्योग व्यापार समेत फस्टाउँदैन । त्यसैले शान्ति सुरक्षाको लागि राजनीतिक स्थिरता ल्याउँनुपर्ने जरुरी रहेको मन्त्री यादवले बताउँनुभयो । मन्त्री यादवले प्रदेश २ मा उद्योग लगाउँन सोही अनुरुपको वातावरणको सृजना गर्नुपर्छ भन्दै नीति र सिद्धान्तमा अडिग रहेन भने जनताले पनि नेताहरुलाई छोड्ने बताउँनुभयो । प्रदेश २ मा चाडै सोलारबाट १ सय मेघा विद्युत उत्पादन गर्ने तयारीमा रहेको भन्दै मुलुक समृद्धिको लागि १५ मेघा र विश्वमा उच्च सवलता रहन २५ मेघा विद्युत उत्पादन गर्नुपर्ने मन्त्री यादवले बताउँनुभयो । प्रदेश २ लाई २९ अर्ब रुपैया चलाउँन कम्तिमा २१९९ कर्मचारीको आवश्यकता छ भने ५ हजार जति कर्मचारी भर्ना गर्नुपर्ने जरुरी देखिन्छ । सँघीय सरकारले प्रदेश २ को लागि कर्मचारी नपठाउँदा अन्तः करारमा नियुक्ति गर्नुपर्ने बाध्यता रहेको मन्त्री यादवले बताउँनुभयो । 

नेपाल उद्योग वाणिज्य महासँघका पूर्व अध्यक्ष पशुपति मुरारकाले मेरो छोरा २३ बर्षको भयो । आजसम्म लहान टेकेका छैन । लहान जाऔं मान्दैन । जहाँ लहान नै मेरो जन्मथलो हो । यहाँ मेरो जग्गा जमिन छ । र, पनि मेरो छोरा लहान आउँन मान्दैन । त्यो कुराको अन्त होस् । अनि लहानमा उद्योग लगाउँन तयार छु भन्दै मुरारकाले म भन्छु श्रीमतीलाई रिटायर लाईफमा लहान बस्छु । तर, मेरी श्रीमतीले भन्छीन् एक्टिभ लाइफमै उद्योग खोलेर बस्न चाहन्छ । जसले यहाँका युवालाई विदेश पलायनबाट रोक्न सकियोस् उद्योगी मुरारकाले बताउँनुभयो । प्रदेश २ का जनशक्ति वैदेशिक रोजगारमा छन् । रेमिटान्सबाट नै उद्योग लगाउँन सहज रहेको मुरारकाले बताउँदै स्थानीय कच्चा पदार्थसहित उद्योग लगाउँन जोड दिनुभयो ।

प्रदेश सांसद अशोक यादवले लहानमा खरिद गरेको समान व्यापारीले भगवानपुर ठाडीमा विक्री गर्न पाउँनुपर्छ । यसमा प्रहरीले जुन अवरोध गरिरहेको छ त्यसको लागि उद्योग वाणिज्य सँघलाई सहयोग गर्न म तयार रहेको बताउँनुभयो । प्रदेश सांसद सरिता गिरीले नेपालमा चार चार वटा अन्तर्राष्ट्रिय विमानस्थल किन चाहियो ? यो बुद्ध र शिव भूमि हो यहाँ शान्ति चाहिन्छ युद्धको विमान यहाँ रोक्नुपर्छ बताउँनुभयो । 
अर्का सांसद लगनलाल चौधरीले लहानको विकास गर्न ध्यानाकर्षण गर्नुभयो । उद्योग वाणिज्य सँघ लहानका निवर्तमान अध्यक्ष सुनिल महतोका सभाध्यक्षतामा भएको सो कार्यक्रममा पूर्व मन्त्री राजलाल यादव, शत्रुधन सिंह, ईलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापा, उद्योग वाणिज्य सँघ लहानका अध्यक्ष अशोक अमात्य, पूर्व अध्यक्ष अशोक अग्रवाल, नेपाल रेडक्रस सोसाईटी सिरहाका सभापति राजदेव यादव, नेपाल पत्रकार महासँघ सिरहाका सभापति दिनेश्वर गुप्ता, सिरहा उद्योग वाणिज्य सँघका अध्यक्ष प्रमोद पोद्दार, संघीय समाजवादी फोरम नेपालका लहान अध्यक्ष दिनेश महतो, शिक्षाक्षेत्रका तुलसीराम पोखरेल, मुरारी साह, मनिष शारडा, अब्दुल करिम, विकास शारडालगायतले लहानमा ग्राम उद्योग स्थापनाको लागि मन्त्री यादव र उद्योग वाणिज्य महासँघका पशुपति मुरारकालाई आग्रह गर्नुभएका थिए । साथै मायाको चिनो उहाँहरुलाई कार्यक्रममा प्रदान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

स्कोर्पियो टर्निङ गर ...

रहमुल लहान, २६ चैत्र । काकरभिट्टा बाट यात्रु बोकेर जनकपुरतर्फ जाँदै गरेको बस र जन्तीमा प्रयोग भएको स ...

लहानमा कुपोषण व्यवस् ...

रहमुल, लहान २६ चैत्र । सिरहाको लहान नगरपालिकामा कुपोषण न्यूनीकरण तथा स्वास्थ्य सेवा सुदृढीकरण गर्ने ...

Together for Health, ...

ओम प्रकाश यादव लहान चैत २५ । सप्तरी र सिरहा जिल्लामा “Together for Health, Stand with Science& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१