मधेशमा पानिको कसरी सदुपयोग गर्न सकिन्छ
- चैत ११, २०७८
- १०६० पटक पढिएको
- सिरहा टाइम्स
बिरेन्द्र प्रसाद नेपाल लहान, चैत । सिरहा जिल्लाको लहानमा आज ३० औं बिश्व पानि दिवसको अवसरमा कार्यशाला गोष्ठी कार्यक्रम मनाएको छ । भुमिगत जलश्रोतको संरक्षण र सदु्पयोग गरौ मूल नाराका साथ लहान स्थित रहेको बिशाल होटलको सभा हलमा सम्पन्न गर्नुभएको छ । प्रत्येक वर्ष जस्तै यो वर्ष पनि बिश्व पानि दिवस मंगलवार ८ गते मनाएको छ । नेपाल विश्वमै जलस्रोतमा दोस्रो ठूलो देश भनिए पनि धेरै सहर, बजार र गाउँमा खानेपानीको समस्या छ । पाइप प्रणालीबाट ८८ प्रतिशत पानी पुगेको सरकारी दाबी छ । संविधानको मौलिक हकका रूपमा स्वच्छ खानेपानीको हक लेखिए पनि कार्यान्वयन हुन नसकेको गुनासो छ ।
यस्तै विषयमा जनचेतना जगाउँदै पानी दिवस मनाउने गरिएको छ । मधेशमा खानेपानिको कसरी सदुपयोग गर्न सकिन्छ भने बिषयमा केन्द्र सरकार, प्रदेश सरकार र स्थानिय सरकारसँग छलफल गरी खानेपानी र किसानका लागि खेतीपाती गर्न आवश्यकता अनुसारको सिचाई व्यवस्थापन गर्न मधेशमा रहेका नदीहरुलाई डाईभर्सन गरी पानि स्टोर गर्नु आवश्यकता रहेको कविन्द्र पौडासाहीले बताउनु भएको छ । करिव पाँचसात वर्ष पहिला भुमिगत जल पाँच ६ फिटमा सहजरुपमा पाउँने पानि अहिलेको अवस्थामा भूमिगत जल सयौ फिटको गहिराईमा पानि पाउन गाह्रो भएको छ । यस्तो कठिनाई अवस्था रहेको बेला अकाशेपानिलाई सदुपयोग गर्नसकेन भने खेतीयोग्य जग्गाहरु क्ेही वर्षमौ मरुभूमि बन्ने सम्भावना रहेको पौडयालले बताउनु भएको छ । पानिको समस्याले बनजंगल र जंगली जानार तथा चराच’रगी बिस्थापित हुन लागेको छ । गाउँघर भन्दा बजारमा पानिको धेरै अभाव देखिएको छ ।
बजार क्षेत्रमा मानिसको घनत्व बढी भएकोले पानिको. आवश्याकता त्यही अन’सार चाहिने भएकोले खानेपानिको पानिले. घरघरमा सहज रुपमा पाएको अवस्था देखिएको छैन । धर्मशाला लँज र होटलहरुमा जडान भएको बोडिङ्गले. भूमिगत जल ठूलो. मात्रामा तान्ने भएकोले त्यो ठाउँहरुमा भएका वस्तिहरुमा भूमिगत पानि पाउँन समस्या भएको देखिएको छ । लहान देखि उत्तर पर्ने गाउँहरु व्स्तिपुर, माणिकदह, ढोढना, पक्की टोल, गोविन्दप’र, तरेगना, बसाजोडी लगायत लहान नगरपालिकाकै दर्जनौ गाउ्रँमा केही वर्ष देखि भुमिगत जल जलको समस्या खप्दै आएको धर्मेन्द्र पासवानले जानकारी गराएको छ । लहानको पक्की टोलमा रहेको दलित परिवारले बर्षौ देखि पानिको समस्या खेप्दै आएको समस्यालाई समाधान गर्न समाजसेवी महेश प्रसाद चौधरीले ईनार निर्माण गरी पानिको केही समस्या समाधान भएको समेत पासवानले बताएको छ ।
ससंयुक्त राष्ट्रसंघको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो दी जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको हो । सन् १९९२ मा एजेन्डा २१ मा समाहित गरिएको पानी दिवसको रूपरेखालाई आत्मसात् गर्दै सन् १९९३ देखि मार्च २२ तारिखका दिन विश्वभर यो दिवस मनाउन थालिएको छ । पञ्चतत्वमध्येको एक पानी सबै जीव र वनस्पतिका लागि आवश्यक मानिन्छ । पानी भएकै स्थानमा जीवन सम्भव हुन्छ । पानी नभएको स्थानमा जीवन सम्भव छैन । यसैले पानी नै जीवन हो भन्ने गरिन्छ । जीव र वनस्पतिका लागि जन्म मात्र पर्याप्त हुँदैन, बाँच्नका लागि स्वच्छ पानी आवश्यक पर्छ । पिउने पानी स्वच्छ र सुरक्षित भयो भने ८० प्रतिशत रोग नै लाग्दैनन् भनिन्छ ।
पृथ्वीको दुईतिहाई भाग पानीले ढाकेको छ । तर, सबै पानी पिउनयोग्य छैन । समुद्र र महासागरको पानी नुनिलो छ । जसले पृथ्वीको ९७.५ प्रतिशत भाग ओगटेको छ । २.५ प्रतिशत पानी मात्र ताजा, स्वच्छ र पिउनका लागि योग्य छ । यसमध्येको ठूलो अंश अर्थात् १.७२ प्रतिशत पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवमा हिउँको रूपमा रहेको छ । ०.७४ प्रतिशत भूमिगत स्रोतका रूपमा जमिनमुनि रहेको छ । जमिनको सतहमा रहेको ०.०४ प्रतिशत पानी मात्र मानवका लागि पिउनयोग्य छ ।