ताजा समाचार

सिरहामा एक सत्तामा चार बलात्कारको घटना

  • कार्तिक १२, २०७५
  • ८३१ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान १२ कात्तिक । सिरहामा कात्तिकको पहिलो सत्तामा चार बलात्कारको घटना सार्वजनिक भएको छ । दुर्गा मेलाको दिन अधिकतम बलात्कारको घटना भएको छ भने एक १३ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको घटनाका आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय गोलबजारमा कात्तिक ११ गते उजुरी दर्ता गरिएको छ । गोलबजार नपा–१२ का २५ वर्षीय आबिद अन्सारीविरूद्ध अपहरण तथा बलात्कार गरेको आरोपमा उजुरी दर्ता गरिएको हो । पीडित बालिकालाई आरोपितले असोज १० गते पीडितकै घरमा बलात्कार गरेको र पछिल्लो पटक कात्तिक ८ गते बालिकालाई जनकपुर लगेर बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय गोलबजारमा कात्तिक ९ गते उजुरी दिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक ९ गते गरिएको छ । इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर रामबहादुर ढकालले बताए । दुर्गा मेलाको नाच हेर्ने क्रममा सिरहाको वरियारपट्टी कात्तिक ५ गते एक १६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको छ । बलात्कारकोे आरोपमा भारतको मधुवनी जिल्ला भरचौराहा पञ्चायत–१२ का ३७ वर्षीय कासिनाथ सिंह, २५ वर्षीय उगन सहनी, ३० वर्षीय मुकेश सहनी र सोही पञ्चायत–९ का २५ वर्षीय विजय यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाले कात्तिक ५ गते गिरफ्तार गरेको छ । सामूहिक बलात्कार आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा कात्तिक ६ गते उजुरी दिएको छ । यसैगरी, लहान २४ मा कात्तिक २ गते दुर्गा मेला हेरेर घर फर्किरहेकी एक १९ बर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा तीन जनामाथी प्रहरीमा उजुरी परेको छ । उता, सिरहामा दुर्गा मेलाको नाच हेर्ने क्रममा एक युवतीलाई स्थानीय केही युवाले बलात्कारको प्रयास गरेको छ । सो घटनाको प्रहरीमा उजुरी परेको छैन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤