ताजा समाचार

सिरहा : समुदाय–प्रहरी साझेदारी कार्यक्रम शुभारम्भ

  • कार्तिक ११, २०७५
  • १०३९ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, ११ कार्तिक । नेपाल प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम शुभारम्भ गरेको छ । शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यले नेपाल प्रहरीले आइतबारदेखि सिरहाको मिर्चैया सहित देशभरी ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन गरेको हो । अपराध रोकथाम, सामाजिक विकृति विसंगति विरुद्ध जनचेतना फैलाउन र सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्ने उद्देश्यले प्रहरीले सिरहाका सबै स्थानीय तहसँग संस्थागत साझेदारी अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक जीवन श्रेष्ठले जानकारी दिएका छन् । 
जिल्लाका १७ वटै स्थानीय तहका प्रमुख र अध्यक्षहरुले समुदाय र प्रहरी साझेदारी सम्झदारी पत्रमा हस्ताक्षर गरी प्रतिवद्धता जनाएर अभियान सुरु गरेको हो । अभियानलाई जिल्ला, नगर, गाउपालिका, वडा, विद्यालय र टोल टोलमा समिति गठन गरी अगाडी बढाउने उनले बताएका छन् ।  
समाजमा हुने विभिन्न खाले अपराध नियन्त्रणमा प्रहरीको एकल प्रयासबाट मात्रै सम्भव नभएकाले समुदाय–प्रहरी साझेदारी कार्यक्रम बैलुन उडाएर सञ्चालन गरिएको ईलाका कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक दिपेन्द्र शाहले बताए । 
केन्द्र, सबै प्रदेश र ७७ वटै जिल्लामा एक साथ सञ्चालन गरिएको कार्यक्रमले शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि महत्वपूर्ण होबाक विश्वास गरिएको छ । ‘हर प्रहर, गाउँ नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नारा तय गरिएको कार्यक्रम देशभरका टोल टोलमा सञ्चालन गरिनेछ । 
 

 

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤