ताजा समाचार

मुखिया टोलमा हरेक घर अगाडि फलफूलको बोट,पूर्ण खुदिमुतर्फ उन्मुख

  • कार्तिक ८, २०७५
  • १०७३ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, ८ कात्तिक । सिरहाको भगवानपुर २ मुखिया टोल पूर्ण खुला दिशामुक्ततर्फ उन्मुख भइरहेका छन् । योसँगै मुखिया टोलवासीमा आफ्ना घर अगाडि वातावरण दृष्टिकोण वृक्षारोपण गरेका छन् । स्वच्छ हावा र वातावरणीय सरसफाइमा जोड दिँदै प्रत्येक घरधुरीमा चर्पी निर्माणसहित आफ्ना घर अगाडि विभिन्न जातका फलफूलको गाछ रोपेका छन् ।

टोल निगरानी समितिका सँयोजक धनिकलाल मुखियाले ‘यहाँका अधिकाँश मानिस वैदेशिक रोजगारमा रहेकोले विदेशको वातारण देखेर आफ्नो गाउँटोलमा सोही अनुरुप अघि बढेको छ ।’ ‘विगत लामो समयदेखि बाहिर दिशा गर्ने एक जना पनि छैन ।’ ‘वातावरणको दृष्टिकोणले पहिलेदेखि हरेक घरधुरीले घर अगाडि फूल रोपेका छन् । मुखिया टोलका अधिकाँश महिला पुरुष उच्च शिक्षा हासिल गरिरहेका छन् । उनीहरु छोरीलाई शिक्षातर्फ उन्मुख गर्न गराउँन प्रोत्साहन गर्दै आएका छन् । ३२ घरधुरी रहेको मुखिया टोलमा बालविवाहप्रति सचेत छन् । रंजिता मुखियाले ‘स्वच्छ वातावरणका साथै देउतालाई फूल चढाउँन हामीलाई अन्य ठाउँमा खोज्नु पर्दैन ।’‘पूर्ण खुला दिशामुक्त क्षेत्र घोषणा गर्न हामी कसरतमा छौ ’ उनले बताइन् ।

पूर्ण खुला दिशामुक्ततर्फ उन्मुख गर्न चर्पीको समुचित प्रयोग, व्यक्तिगत सरसफाई, वातावरणीय सरसफाईका साथै जोखिमपूर्ण अवस्थामा साबुन पानीले हात धुने बानीको विकास र व्यवहार परिवर्तनमा परिनत रहेको छ । सन् २०२२ सम्म सिरहालाई पूर्ण खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिएको छ । सोही अनुरुप मुखिया टोल कात्तिक १० गते खुला दिशामुक्त उन्मुख बस्ती घोषणा गर्ने भएको छ । सिरहा २०७४ चैत्र ९ गते खुला दिशामुक्त क्षेत्र घोषणा भएको छ । 

 

पूर्ण खुला दिशामुक्त क्षेत्र घोषणा गर्न सन् २०३० सम्म नेपाल सरकारले लक्ष्य लिएको छ । एसएनभि नेपालको सहयोगमा रेडक्रस सोसाइटी सिरहाले त्यस गाउँपालिकामा सरसफाई अभियान चलाउँदै आएको छ । सो अभियान अन्तरगत भगवानपुर गाउँपालिका खुला दिशामुक्त क्षेत्र घोषणा भइसकेकोले पूर्ण खुला दिशामुक्त क्षेत्र घोषणा गर्न कार्यक्रमहरु संचालन गर्दै आएको छ । पूर्ण खुला दिशामुक्त उन्मुख घोषणा गर्नको लागि आज डिवाससीसी सिरहाका टिम मुखिया टोल पुगेका थिए । सो टिममा जिल्ला समन्वय समितिका उपप्रमुख सरोज यादव, रेडक्रसका सभापति राजदेव यादव, रेडक्रसका राजदेव ठाकुर, खानेपानी डिभिजन कार्यालयका भैयालाल, अभियानकर्ता अशोक यादव, प्रकाश महतो, नेपाल पत्रकार महासँघका केन्द्रीय सदस्य देवकुमार यादव र नेपाल पत्रकार महासँघ सिरहाका सभापति दिनेश्वर गुप्ताले अभियान प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤