ताजा समाचार

बडा अध्यक्ष द्धारा प्राथमिक स्वास्थ्य केन्द्रमा छड्के अनुगमन

  • चैत १५, २०७४
  • १०१० पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत १५ । सिराहको मिर्चैया नगरपालिका बडा नं. ७ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको बुधबार छड्के अनुगमनपछि संक्षिप्त प्रतिक्रिया दिदै बडा अध्यक्ष रामकुमार यादबले स्बास्थ्य क्षेत्र आमजनताको जिबनसंग प्रत्यक्ष सरोकार राख्ने बिषय भएकोले अटेरी गर्ने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएका हुन् । उनले जनताको समस्या बुझि तुरुन्त सेवा प्रवाह गर्न अस्पताललाई निर्देशन दिए । बडा अध्यक्ष यादबले अस्पतालको भौतिक अवस्था राम्रो देखिए पनि सेवाको स्थिति दयनीय रहेकोले तत्कालै सुधार गर्न कर्मचारीहरुलाई निर्देशन दिए । उनले अनुगमन गर्दै अस्पतालको स्थितिको विषयमा अस्पतालका प्रशासन प्रमुख सुशिल कुमार साहसंग जानकारी लिएका थिए ।अनुगमनका क्रममा अस्पतालमा देखिएका समस्याका बारेमा आफुले सम्बन्धित निकायमा पहल गर्ने बडा अध्यक्ष यादबले आश्बासन दिए । चिकित्सक तथा अन्य कर्मचारीहरु समयमा नपुग्दा सेवाग्राही मर्कामा पर्ने गरेको गुनासो आएपछि छड्के अनुगमन गरेको बडा अध्यक्ष यादबले बताए । उनले बाहाना बनाएर आमजनताको स्बास्थ्यसंग खेलबार गर्ने कर्मचारीलाई छुट दिन नसक्ने स्पष्ट गरे ।अनुगमनका क्रममा अस्पतालमा करारमा कार्यरत डा. जितेन्द्र प्रसाद गुप्ता चैत १२ गतेदेखि बिदामा बसेको पाईएको थियो भने । त्यसैगरी, निमित प्रमुख सिनियर अहेब शान्ति देबि धिमाल काम बिशेषले जिल्ला गएको थियो भने अहेब जयप्रकाश साह तालिमको लागि बिराटनगर गएको थियो । अहेब दशरथ दास बिना जानकारी अनुुपस्थित रहेको प्रशासन प्रमुख साहले बताए ।अनुगमनका क्रममा मिर्चैया नगर स्बास्थ्यका सहसंयोजक बिजय महतोले कर्मचारीहरुलाई समयको ख्याल गरी बिरामीको उपचारमा लाग्न निर्देशन दिए । अस्पतालमा स्थायी ११ जना र करारका ९ जना कर्मचारी गरी जम्मा २० जना कर्मचारी कार्यरत रहेका छन् ।
अनमीको भरमा अस्पताल संचालनमिर्चैयामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र सिनियर अनमी शान्ति देबी धिमालको भरमा संचालन भईरहेको छ । अस्पतालका प्रमुख डा। अरुण कुमार साह साउन महिनामै थप अध्ययनका लागि अस्पताल छाडेर गएपनि अहिलेसम्म निमित प्रमुख धिमालको भरमा संचालन भईरहेको छ । डा. साह गएको करीब ८ महिना बितेपनि सरोकारबालाको उदासिनताका कारण अहिलेसम्म नयाँ प्रमुख आउन सकेका छैन् ।औषधीको अभाव स्वास्थ्य केन्द्रमा औषधि अभाव हुँदा बिरामीहरु समस्यमा परेका छन् । स्वास्थ्य केन्द्रमा औषधि अभाव भएको महिनौँ बित्न लाग्दा समेत सरोकारवालाले चासो नदिएको अस्पतालका प्रशासन प्रमुख साहले गुनासो गरे । उनले भने “स्बास्थ केन्द्रमा बिरामी उपचारका लागि आउने गर्दछन् तर केहि उपलब्ध रहेका औषधि हामी दिन्छौ, नत्र औषधि छैन भनेर बाहिर पठाउँछौं ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤