ताजा समाचार

पुलिस को घरमा लाखौं को चोरी

  • कार्तिक २, २०७५
  • २२५७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

मनोज बनैता, सिरहा, २ कार्तिक । लाहान नगरपालिका वार्ड न. २ स्थित एक घरमा दिउँसै चोरी भएको छ । हस्पिटल चौक देखि करिब ४०० मिटरको दुरीमा रहेको ईन्स्पेक्टर राजेन्द्र यादवको घरमा चोरी भएको छ । बिहीबार दिनको करिब ११ बजे घरमा कोही नभएको मौका छोपी चोरी गरिएको हो । दसैं को बेला घरका मान्छेहरु मन्दिरमा पुजा गर्न गएकोले दिनको उज्यालोमै ताला फोडी ५ तोला सुन, २४ तोला चाँदी चोरी भएको घरमुली फुलो देवी बताउछिन् । घरमा भाडा लिई बस्ने एक व्यापारी बिरेन्द्र साह ले जानकारी दिए अनुसार २० वटा कोठा भएको उक्त घरमा घटनाको बेलामा कोही थिएन । लाहानमा चोरी को घटना व्यापक रुपमा बढनु र लाहान प्रहरी को अनुसन्धान ले खासै प्रगति नगर्नुले यहाँका स्थानीयमा विभिन्न शंका का आधारहरु निर्माण गरेका छन । केही लाहानवासी ले चोर र पुलिस दाइ/ भाइ को भुमिकामा हुन सक्ने आशंका समेत व्यक्त गरेका छन ।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤