चाडपर्व लक्षित मिर्चैैया बजार अनुगमन, व्यापारी सटर बन्द गरी कसे टाप

  • असोज ३०, २०७५
  • २२२९ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, ३० असोज । चाडपर्वलाई लक्षित गर्दै सिरहाको मिर्चैया बजारलाई अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाका प्रशासकिय अधिकृत लेखनाथ खतिबडाको नेतृत्बमा रहेको अनुगमन टोलीले नेपालीहरुको महान चाड बिजया दशमी, तिहार र छठलाई लक्षित गर्दै मिर्चैयाका किराना पसल र होटलमा सोमबार अनुगमन गरेका छन् ।  
 
विशेष गरेर चाडपर्वको अवसरमा अखाद्य वस्तु बिक्री हुने, तोकिएको मूल्यभन्दा बढी मूल्य लिने र म्याद गुज्रेका समानहरु बेच्ने जस्ता क्रियाकलापबाट उपभोक्ता मारमा पर्ने गरेको यथार्थलाई मध्यनजर गर्दै बजार अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाका प्रशासकिय अधिकृत तथा अनुगमन टोलीका प्रमुख खतिबडाले बताए । अनुगमनको क्रममा पसलहरुमा मुल्यसुचि नराखिएको, होटलहरु फोहोर देखिएको र केहि म्याद गुज्रेका समानहरु फेला परेकाले पहिलो पटक संचालकहरुलाई सचेत गराइ छाडिएको उनले बताए । अनुगमनको क्रममा ब्यापारीहरुले सटर बन्द गरेकोले त्यस्ता पसलको नाम र लोकेशन लिई निगरानीमा राखी अनुगमन गर्ने समेत उनले दाबी गरेका छन् ।   
उपभोक्ता मारमा नपर्ने गरी ब्यापार गर्न ब्यापारीहरुलाई सुझाब दिएको अनुगमन टोलीमा रहेका उद्योग बाािण्ज्य संघ मिर्चैयाका अध्यक्ष हरीशंकर साहले  बताएका छन् । कहिँकतै कुनै उपभोक्ता ठगिमा परेको छ भने त्यस्ता उपभोक्तहरुलाई ब्यापार संघमा सम्पर्क गर्न उनले आग्रह समेत गरेका छन् ।  अन्य बजारभन्दा मिर्चैया बजार ब्यबस्थित रहेको समेत उनले दाबी गरे । 
 
टोलीले बिग बजार डिपार्टमेन्ट स्टोर, रोहन जेनरल स्टोर, चौधरी कोल्ड स्टोर, एमएस डिपार्टमेन्ट स्टोर, मुंगेरिया स्विट एण्ड चाट, सहदेब होटल, राहुल होटल एण्ड लँज र अमित कोल्ड स्टोर लगायतका पसलहरुमा अनुगमन गरेका थिए । उक्त क्रममा बरामद गरिएको म्याद सकिएका गुणस्तरहीन खाद्य सामग्रीहरुलाई तत्कालै नष्ट गरिएको थियो । 
अनुगमन टोलीमा प्रशासकिय अधिकृत खतिबडाको साथै उद्योग बाणिज्य संघ मिर्चैयाका अध्यक्ष हरीशंकर साह, उपाध्यक्ष अरुण सिंह, सचिब भरत महासेठ, उद्योग बाणिज्य संघ लहानका निबर्तमान उपाध्यक्ष अशोक साह, मिर्चैया नगरपालिका प्रतिनिधि राजगिर यादब, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रतिनिधि प्रहरी सहायक निरिक्षक बिरेन्द्र मण्डल, संचारकर्मी लगायतका रहेका थिए । 

अनुगमन टोली आएपछि सटर बन्द गरी ब्यापारी कसे टाप 

अनुगमन टोलीले पसलहरुमा अनुगमन गर्न थालेको सुईको पाएपछि यहाँका ब्यापारीहरुले पसलको सटर बन्द गरी टाप भएका थिए । मिर्चैयाको कटारी चौक, थाना चौक र बजार एरियामा रहेका किराना पसल र होटलका अधिकांश संचालकहरुले सटर बन्द गरी हिँडेको देखिएको थियो । अनुगमन टोलीका डरले सटर डाउन गरेपछि उपभोक्ताहरुमा आशंका उत्पन्न भएका छन् । अनुगमन टोली गएपछि फेरी ब्यापारीहरुले सटर खोलेका थिए ।

प्रतिक्रिया दिनुहोस

राष्ट्रिय समाचार समि ...

रहमुल, लहान, ७ फागुन । राष्ट्रिय समाचार समिति (रासस) जिल्ला कार्यालय लहान, सिरहाले आफ्नो ६५औँ वार्षि ...

छपकैयामा घरदैलो गर्द ...

वीरगंज ६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि ...

लहान–४ मा जनसागर: पर ...

लहान फागुन ६ । सत्य नारायण यादवको नेतृत्वमा लहान नगरपालिका–४ मा सञ्चालन गरिएको घरदैलो अभियानमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१