ताजा समाचार

किशन स्वीटस् एण्ड चाटको समोसा गुह जस्तो गन्हायो फोटो सहित

  • असोज २८, २०७५
  • १६०९ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, २७ असोज । बजार अनुगमन टोलीले अखाद्य पदार्थ विक्री गर्ने लहान ५ का किशन स्वीटस् एण्ड चाट हाउसको काचो समोसा गुह जस्तो गन्हाएपछि कारवाहीको दायरामा ल्याएको छ । आज विहानदेखि सिरहाको लहान बजारमा अनुगमन गर्दा किशन चाट हाउसले दूई दिनदेखि फ्रिजमा राखिएको पांच सयबढी काचो समोसा फेला पारेको छ । फेला पारिएको अखाद्य प्रयोग भएको समोसा फोड्दा गुह जस्तो गन्याएपछि अनुगमन टोलीले डस्वीनमा फाल्न लगाएको छ । अनुगमन टोलीका तथा ईलाका प्रशासन कार्यालय लहानका प्रमुख चेतन अधिकारीले यो होटलमा बासी मिष्ठान लगायत चाउमिन समेत फेला परेको छ । भान्सा कोठाभित्रै पानीसंगै फोहरले स्वास्थ्यमा असर पर्ने अखाद्य पदार्थको प्रयोग भएको छ । सात दिनभित्र होटललाई व्यवस्थित गर्न सचेत गराएको प्रमुख अधिकारीले बताएका छन् । किशन चाट हाउसले बनाएको नास्ताका परिकारहरु खुला राखिने गरेकोले झिँगा लाग्ने गरेको छ भने होटलको नविकरण समेत नभएको फेला परेको छ । बजार अनुगमन टोलीले लहान ७ स्थित रहेको पुरुषोत्तमप्रसाद सिधान्चीको राणी सत्ती स्टोर्सलगायत आधा दर्जन पसलमा अनुगमन गरेका छन् । सुनचाँदी पसलमा अनुगमन गर्न खोज्दा लहान उद्योग वाणिज्य संघका कोषाध्यक्ष विकास शारदाको आग्रहमा रोकिएको छ । यसलगतै हाइवेमा रहेको पूर्व र पश्चिम बस स्टेनको पसलहरुमा अनुगमन गरिएको छ । अनुगमनको क्रममा सहिद पार्क नजिक रहेको महावीर मिस्ठान पसलले मिठाई बनाउंन अखाद्य पदार्थको मिश्रण (केमिकल) फेला पारिएको छ । अर्को एक होटल जो दर्ता र बोर्ड समेत नभएको पसलबाट कुहिएको मिठाई फेला पारिएको छ । ईलाका प्रशासन कार्यालय लहानका प्रमुख चेतन अधिकारीको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय लहान, लहान प्रहरी, लहान नगरपालिका, उपभोक्ता मंचका रमानन्द गुप्ता, नेपाल पत्रकार महासंघ सिरहा लहानका सभापति दिनेश्वर गुप्तालगायतका टोलीले लहान बजार अनुगमन गरेका छन् । आजै धनगढीमाई र सुखीपुर नगरपालिकाको बजार क्षेत्रमा अनुगमन गरिएको हो ।  

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤