Siraha Times
ताजा समाचार

नेपालको समृद्धिमा दलितको पीडा अवस्था एवंम तपाईको जिम्मेवारी

  • फागुन ८, २०७८
  • ८४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार लहान/८फाल्गुन दलितहरु आर्थिक,राजनीतिक,साँस्कृतिक विभेदबाट प्रताडित छन। यो यथार्थ हो , कल्पना होइन । यसलाई स्वीकार नगर्नु विभेद र शोषणलाई संरक्षित गर्नु हो । नेपालको समृद्धिमा दलितको पीडा अवस्था यथावतै छ। सरकारले सुखी नेपाली समृद्ध नेपालीको नारा लगाएको देखिन्छ ।तर दलितमाथि हुने विभेद यथावतै छ। हामी नेपाली , हाम्रो नेपाल भाइचारा झै सम्बन्ध स्थापित हुनुपर्छ र राख्नु पर्छ यो तपाईंको जिम्मेवारी पनि हो । राजनीतिक क्षेत्रमा हेर्दा दलित अति नै पछाडि छन। किन पछि परेका छन दलित ? आर्थिक, सामाजिक , राजनीतिक वा पहिरणले । यसबारे नेपाली समाजमा दलितको स्थान र अधिकारको बहस फेरि उठाउनु पर्छ। दलित माथि भइरहेको हिँसा नौलो होइन । धेरैजसो बहानामा दलितहरुमाथि चरम सामाजिक , साँस्कृतिक विभेद र यसको आधारमा भौतिक हिँसा भएकै देखिन्छ । यस लेखमा दलितको अधिकारसँग जोडिएका केही बुदाँहरु राखेको छु।

Open photo

१. आर्थिक विकास , शिक्षा , पहिरण, र आधुनिकताले दलितमाथि हुने विभेद हटाउँछ,तर यसकालागि समय लाग्छ ।

जातीय र नश्लीय विभेद विद्यमान रहेका ठाउँमा दलित यसरी पछि रहेने स्वभाविक हो । जातीय विभेदको अन्त्य हुनुपर्छ भने कसको चासो ? विभेद र हिंसाबाट प्रताडित समुहले यसविरुद्ध आवाज उठाएकै छ। दलितहरुले जातिवाद , समुदायमा पारेका नाकारात्मक प्रभावको सशक्त प्रतिरोध गरेकै देखिन्छ । दलित माथि हुने विभेद र हिंसाको अन्त्यकालागि दलित आन्दोलन सार्थक र सफल भएको छैन्न। दलितका माँग र मुद्दा जस्ताको त्यसतै छ। जातीय विभेद हटाउनु कुरा मानवीयतासँग जोडिएका हुन्छ । नेपालको समग्र विकास सुरक्षा र समृद्धिसँग जोडिएको विषय हो । दलितमाथिको विभेद अन्त्य र हिंसा न्युनिकरण चेतनाको विकासबाट मात्र सम्भव छैन । यसका लागि गोष्ठी , तालिम , पर्चा , पम्पलेट , सचेतनाका संदेश आदि पर्याप्त छैन्न। यसका निम्ति दलितलाई राजनीतिक र आर्थिक रुपमा सबल ठोस पहलकदमी हुनु आवश्यक देखिन्छ । यो सँगै जातीय भेदभाव र यसमा आधारित हिंसाको विकराल नेपालमा पनि छ। शिक्षा ,आर्थिक विकास , सुचाना प्रविधि , जीवनस्तर सुधार लगायतका क्षेत्रबाट नेपालले उप्लब्धिमा सुधार र परिवर्तन ल्याउन सकेका छैन । बरु यसको विपरीत दलित विरुद्ध हुने हिंसा र विभेद , भेदभावका घटना बढिरहेको देखिन्छ । दलित समुहको विपन्नता र गरिबी बढ्दो देखिन्छ । उसको मुल कारण हो , राज्य संरचनामा सार्थक परिवर्तन नआउनु हो । यसका निम्ति नीतिगत र संरचनागत परिवर्तन हुन जरुरी देखिन्छ ।

शिक्षा र चेतनाको अभाव रहेका ग्रामीण क्षेत्रमात्र होइन । सहरी क्षेत्रमा पनि दलितहरुकालागि यथेष्ट एवंम उपयुक्त ठाउँ छैन ।अन्तरजातीय विवाहको कुरा के गर्ने ? नेपालका ठुलठुल्ला शहरहरुमा उच्च जातका मानिसहरु दलितलाई घर बहालमा दिन तयार हुदैन । यस परिस्थितिले जातीय भेदभाव रहित समाज निर्माणमा शिक्षा , चेतना र आधुनिकतामात्र पर्याप्त छैन्न भन्ने स्पष्ट देखाउँछ । दलितलाई पनि अवसरवादी हुन तर्फ अभिप्रेरित गरिदिनु पर्ने देखिन्छ । छुवाछूत र भेदभाव रहित समाज निर्माणमा लाग्नु पर्छ।

 

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१