ताजा समाचार

लुकाईछिपाई लगाईएको पाँच हजार गाँजाको बोट फडानी

  • असोज २०, २०७५
  • १२७० पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, २० असोज । विभिन्न स्थानमा लुकाईछिपाई लगाईएको अवैध गाँजा खेती फडानी गर्ने कार्यलाई मिर्चैया प्रहरीले निरन्तरता दिएका छन् । विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय मिर्चैयाको प्रहरी नायब निरिक्षक रामबिकास साहको कमाण्डमा खटिएको प्रहरीको गस्ति टोलीले मिर्चैया नगरपालिका बडा नं. १ मनहर्वा स्थित बिभिन्न ब्यक्तिले लुकाईछिपाई खेतबारीमा लगाएको करिब ५ कठ्ठाको ५  हजार गाँजाको बोट फडानी गरि आज (शनिबार) नष्ट गरेका छन् । 

गाँजा फडानीका लागी अभियान नै सञ्चालन गरिएकाले विभिन्न ठाउँमा लगाईएका गाँजा खेती नसकिएसम्म फडानी कार्य जारी रहने ईलाका प्रहरी कार्यालय मिर्चेयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) दिपेन्द्र शाहले बताए ।

गाँजा लागुऔषध भएकाले गाँजा खेति, उत्पादन, खरिद विक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐन अनुसार कारवाही हुने समेत उनले वताएका छन् । 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤