विसुनदेव सरदार/लहान/४ फाल्गुन। सिरहाको धनगडीमाई नगरपालिका - ५ मोथियाहीमा २ दिने दङ्गल कुस्ती प्रतियोगिता आज बुधबार सम्पन्न भएको छ। नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति तथा संविधान सभा सदस्य सिरहाका सभापति रामचन्द्र यादवले आयोजना गरेको फाल्गुन ३, ४ गते दङ्गल कुस्ती प्रतियोगिता आज सम्पन्न भएको आयोजकले जानाएको छ। पहिला पहिला निकै लोकप्रिय रहेको हाल लोप हुदै गएको दङ्गलकुस्ती प्रतियोगिता अहिले निकै रोचक मनोरञ्जनात्मक क्षेत्र बन्न पुगेका कुस्ती । हिजो मंगलबार दङ्गल कुस्तीलाई उदघाटन गर्दै प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पुर्व शिक्षा मन्त्री नेतृ चित्रलेखा यादव , विशिष्ट अतिथि नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सिरहाका सभापति रामचन्द्र यादव , प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडी , नेपाली काङ्ग्रेस सिरहा भरका क्षेत्रीय सभापतिहरुको उपस्थितिमा सो दङ्गलकुस्ती प्रतियोगिता समुदघाटन गरिएको थियोे । दङ्गलकुस्तीमा नेपाल तथा भारतका चर्चित पहलवानहरुले भाग लिएका थियोे ।

माँ राजदेवी मन्दिरको प्राङ्गणमा आयोजित सो मेला तथा दङ्गल कुस्ती प्रतियोगिता हेर्न सिरहा भरिका स्थानीय युवा , व्यस्क , जेष्ठनागरिक , राजनीतिककर्मी लगातकाको उपस्थितिमा दोस्रो दिन भव्य तरिकाले सो कुस्ती प्रतियोगिता सम्पन्न गरिएको छ। यो सँगै माँ राजदेवी शोभा कलश यात्रामा हजारौंको सङ्ख्यामा सहभागिता देखिएको थियोे । जसले आशा , मनोकांक्षा पूरा हुने जनविश्वास रही आएको छ। माँ राजदेवी मन्दिरको प्राङ्गणमा प्रत्येक वर्ष पुर्णिामा नजिकिएसँगै हजारौं सङ्ख्यामा पुजापाठ गर्नेको सङ्ख्या र स्थानीय तथा ठाउँठाउँबाट भक्तजनको घुईचो लाग्ने गरेको मन्दिरका पुजारी अन्तिलाल चौधरीले बताए ।
प्रतिक्रिया दिनुहोस
सप्तरीको सुरुङ्गामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तकको सामुदायिक विमोचन, महिला आन्दोलनका इतिहास अभिलेखीकरणमा जोड
खडक नगरपालिकामा हेल्पिङ हार्टको सहयोग : १,२०० भन्दा बढी परिवार लाभान्वित, वडा नं. ६ का अध्यक्षको विशेष पहल
सखुवानन्कारकट्टीमा शिक्षा क्षेत्रको करिब ३ करोड बजेट फ्रिज, राजनीतिक खिचातानीले शैक्षिक सुधार प्रभावित भएको आरोप
बोदेबर्साइनमा जसपा नेपालको शक्ति प्रदर्शन, विभिन्न पार्टी परित्याग गरी नेता–कार्यकर्ता पार्टी प्रवेश
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved