Siraha Times
ताजा समाचार

सिरहाको मोथियाहीमा २ दिने दङ्गलकुस्ती प्रतियोगिता सम्पन्न

  • फागुन ४, २०७८
  • ९३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार/लहान/४ फाल्गुन। सिरहाको धनगडीमाई नगरपालिका - ५ मोथियाहीमा २ दिने दङ्गल कुस्ती प्रतियोगिता आज बुधबार सम्पन्न भएको छ। नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति तथा संविधान सभा सदस्य सिरहाका सभापति रामचन्द्र यादवले आयोजना गरेको फाल्गुन ३, ४ गते दङ्गल कुस्ती प्रतियोगिता आज सम्पन्न भएको आयोजकले जानाएको छ। पहिला पहिला निकै लोकप्रिय रहेको हाल लोप हुदै गएको दङ्गलकुस्ती प्रतियोगिता अहिले निकै रोचक मनोरञ्जनात्मक क्षेत्र बन्न पुगेका कुस्ती । हिजो मंगलबार दङ्गल कुस्तीलाई उदघाटन गर्दै प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पुर्व शिक्षा मन्त्री नेतृ चित्रलेखा यादव , विशिष्ट अतिथि नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सिरहाका सभापति रामचन्द्र यादव , प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडी , नेपाली काङ्ग्रेस सिरहा भरका क्षेत्रीय सभापतिहरुको उपस्थितिमा सो दङ्गलकुस्ती प्रतियोगिता समुदघाटन गरिएको थियोे । दङ्गलकुस्तीमा नेपाल तथा भारतका चर्चित पहलवानहरुले भाग लिएका थियोे ।

Open photo

माँ राजदेवी मन्दिरको प्राङ्गणमा आयोजित सो मेला तथा दङ्गल कुस्ती प्रतियोगिता हेर्न सिरहा भरिका स्थानीय युवा , व्यस्क , जेष्ठनागरिक , राजनीतिककर्मी लगातकाको उपस्थितिमा दोस्रो दिन भव्य तरिकाले सो कुस्ती प्रतियोगिता सम्पन्न गरिएको छ। यो सँगै माँ राजदेवी शोभा कलश यात्रामा हजारौंको सङ्ख्यामा सहभागिता देखिएको थियोे । जसले आशा , मनोकांक्षा पूरा हुने जनविश्वास रही आएको छ। माँ राजदेवी मन्दिरको प्राङ्गणमा प्रत्येक वर्ष पुर्णिामा नजिकिएसँगै हजारौं सङ्ख्यामा पुजापाठ गर्नेको सङ्ख्या र स्थानीय तथा ठाउँठाउँबाट भक्तजनको घुईचो लाग्ने गरेको मन्दिरका पुजारी अन्तिलाल चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस

४९ वर्षपछि भोरलेन वि ...

 विनोद अविरल, जेठ १७ ,​सिराहा, धनगढीमाई । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १३ स्थित आ ...

शिशुवारी क्याम्पसलाई ...

लहान, जेठ १७ । सप्तरीको सुरुङ्गा नगरपालिका–१ स्थित शिशुवारी क्याम्पसलाई व्यवसायी तथा समाजसेवी ...

चिनियाँ कम्पनीले बढा ...

विनोद अविरल,​लहान, जेठ १७ गते । पटक–पटकको ताकेदा, दबाब र स्थानीय बासिन्दाको निरन्तर आन्दोलनपछि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१