दशैंको मुखमा पनि शिक्षकहरुले तलब नपाउंदा पशुपाति माविमा तालाबन्दी

  • असोज २०, २०७५
  • ९५१ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, १९ असोज । पशुपति उच्च मावि लहानका शिक्षकहरुले लामो समयदेखि तलब नपाएकोले उनीहरु आज विद्यालयमा तालाबन्दी गरेका छन् । दशैको मुखमा समेत तलब नपाएपछि शिक्षकहरु तालाबन्दी गर्न बाध्य भएको शिक्षक रामकुमार साहले बताए । उता, प्राध्यनाध्यापक प्रमेश्वर रायका अनुसार तलबको लागि आवश्यक पर्ने सम्पूर्ण प्रक्रिया तयार पारेर लहान नगरपालिकामा बुझाएपनि तलब निकासा नगरेकोले शिक्षकहरुले तालाबन्दी गरेको हो । यसअघि स्थानीय व्यापारीहरुले स्टल निर्माणको लागि अग्रिम रकम प्रअ रायमार्फत दिएको थियो । प्रअ रायले व्यक्तिगत रुपमा सो रकम चलाएर स्टल निर्माण नगरेकोले एक साता अगाडि स्थानीय व्यापारीहरुले विद्यालयमा तालाबन्दी गरिएको थियो । ६ बर्ष अगावै व्यापारीहरुबाट प्रअ रायले ५० लाख भन्दा बढी रकम उठाइसकेको छ ।

विद्यालयमा पटक पटक तालाबन्दी हुंदा एक हजार विद्यार्थीको भविष्य त्यस विद्यालयमा अन्धकारमय बन्दै गएको छ । लहान १० की रंजिता मण्डलले राजनीतिकको कारण चार पांच बर्षदेखि त्यस विद्यालयको व्यवस्थापन समिति बन्न सकेको छैन । त्यसमा पनि सधैं विवाद र तालाबन्दीको कारण विद्यार्थीहरुको भविष्य अन्धकारमय बन्दै गएको छ । राजनीतिक क्रियाकलापलाई निष्तेज पारेर यथाशिघ्र स्वतन्त्र मान्छेलाई व्यवस्थापन समितिका अध्यक्ष बनाएर विद्यालयलाई व्यवस्थित गर्नुपर्ने जरुरी छ । दशैंको मुखमा सबै विद्यालयका शिक्षकलाई तलब भत्ता निकासा भइसकेको छ । तर, राजनीतिकको कारण यस विद्यालयमा तलब निकास नहुंदा शिक्षकहरुको हातमु्ख जोर्न कठिनाई भएको छ । यस्तो अवस्थामा विद्यालय र विद्यार्थीको भविष्य कता जाला ? मण्डल बताइन् ।

विद्यालयले आठ बर्ष अघि निर्माण गरिएको स्टल सस्तो मूल्यमा भाडा लगाएकोले स्थानीयहरु आक्रोशित छन् । निर्माण रहेको १९ वटा सटरबाट प्रति महिना ४ हजारको दरमा विद्यालयलाई दिने भनिएपनि २ हजार रकम एड्भान्समा कटाउंदै आएको छ । लहानको मुख्य बाटोमा रहेको यस्ता सटरको प्रति महिना कम्तिमा ८ देखि १० हजार भाडा हुनुपर्ने हो । लहान नगरपालिकाले विद्यालयको हरहिसाब पार्दशिता नभएको र करिब ढेड करोड रकम हिनामिना गरेकोले तलब रोका गरिएको कथन छ । शिक्षकहरुले आफुहरुले तलब नपाउंञ्जेलसम्म विद्यालयमा तालाबन्दी र पठ्नपाठन नगर्ने भन्दै आन्दोलित छन् ।

प्रतिक्रिया दिनुहोस

किर्ते जालसाजी मुद्द ...

रहमुल लहान  वैशाख ८।सिरहाको  नवराजपुर गाउँपालिका वडा नं. २ का  पूर्व निर्वाचित वडा अध ...

शिक्षा बन्द, सरकार च ...

दिलीप कुमार यादव सप्तरी रुपनी, वैशाख ७। देशमा शिक्षाको संकट झनै भयावह बन्दै गएको छ । सरकार मन्त्रीहर ...

प्रादेशिक अस्पताल सि ...

    नरेशचन्द्र बरबरिया सिरहा बैशाख  ६ । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१