ताजा समाचार

दशैंको मुखमा पनि शिक्षकहरुले तलब नपाउंदा पशुपाति माविमा तालाबन्दी

  • असोज २०, २०७५
  • ११४८ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, १९ असोज । पशुपति उच्च मावि लहानका शिक्षकहरुले लामो समयदेखि तलब नपाएकोले उनीहरु आज विद्यालयमा तालाबन्दी गरेका छन् । दशैको मुखमा समेत तलब नपाएपछि शिक्षकहरु तालाबन्दी गर्न बाध्य भएको शिक्षक रामकुमार साहले बताए । उता, प्राध्यनाध्यापक प्रमेश्वर रायका अनुसार तलबको लागि आवश्यक पर्ने सम्पूर्ण प्रक्रिया तयार पारेर लहान नगरपालिकामा बुझाएपनि तलब निकासा नगरेकोले शिक्षकहरुले तालाबन्दी गरेको हो । यसअघि स्थानीय व्यापारीहरुले स्टल निर्माणको लागि अग्रिम रकम प्रअ रायमार्फत दिएको थियो । प्रअ रायले व्यक्तिगत रुपमा सो रकम चलाएर स्टल निर्माण नगरेकोले एक साता अगाडि स्थानीय व्यापारीहरुले विद्यालयमा तालाबन्दी गरिएको थियो । ६ बर्ष अगावै व्यापारीहरुबाट प्रअ रायले ५० लाख भन्दा बढी रकम उठाइसकेको छ ।

विद्यालयमा पटक पटक तालाबन्दी हुंदा एक हजार विद्यार्थीको भविष्य त्यस विद्यालयमा अन्धकारमय बन्दै गएको छ । लहान १० की रंजिता मण्डलले राजनीतिकको कारण चार पांच बर्षदेखि त्यस विद्यालयको व्यवस्थापन समिति बन्न सकेको छैन । त्यसमा पनि सधैं विवाद र तालाबन्दीको कारण विद्यार्थीहरुको भविष्य अन्धकारमय बन्दै गएको छ । राजनीतिक क्रियाकलापलाई निष्तेज पारेर यथाशिघ्र स्वतन्त्र मान्छेलाई व्यवस्थापन समितिका अध्यक्ष बनाएर विद्यालयलाई व्यवस्थित गर्नुपर्ने जरुरी छ । दशैंको मुखमा सबै विद्यालयका शिक्षकलाई तलब भत्ता निकासा भइसकेको छ । तर, राजनीतिकको कारण यस विद्यालयमा तलब निकास नहुंदा शिक्षकहरुको हातमु्ख जोर्न कठिनाई भएको छ । यस्तो अवस्थामा विद्यालय र विद्यार्थीको भविष्य कता जाला ? मण्डल बताइन् ।

विद्यालयले आठ बर्ष अघि निर्माण गरिएको स्टल सस्तो मूल्यमा भाडा लगाएकोले स्थानीयहरु आक्रोशित छन् । निर्माण रहेको १९ वटा सटरबाट प्रति महिना ४ हजारको दरमा विद्यालयलाई दिने भनिएपनि २ हजार रकम एड्भान्समा कटाउंदै आएको छ । लहानको मुख्य बाटोमा रहेको यस्ता सटरको प्रति महिना कम्तिमा ८ देखि १० हजार भाडा हुनुपर्ने हो । लहान नगरपालिकाले विद्यालयको हरहिसाब पार्दशिता नभएको र करिब ढेड करोड रकम हिनामिना गरेकोले तलब रोका गरिएको कथन छ । शिक्षकहरुले आफुहरुले तलब नपाउंञ्जेलसम्म विद्यालयमा तालाबन्दी र पठ्नपाठन नगर्ने भन्दै आन्दोलित छन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤