ताजा समाचार

नेपालमै पहिलो पटक आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा मुद्धा दर्ता

  • असोज १९, २०७५
  • ३८०५ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, १९ साउन । मिचैैया प्रहरीले श्रीमतिलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा श्रीमानलाई पक्राउ गरेका छन् । ईलाका प्रहरी कार्यालय मिर्चैयाले कर्जन्हा नगरपालिका १ बस्ने ५३ बर्षीय राम बहादुर परियारलाई ४५ बर्षीय श्रीमति सर्मिला परियारलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ गरेको हो ।  पक्राउ परेका रामबहादुरमाथी मुलुकी अपराध संहिता ऐनको दफा ३५ बमोजिम मुद्धा दर्ता गरी कार्बाही प्रक्रिया अगाडी बढाईएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) दिपेन्द्र साहले बताए । 
सर्मिलाका काका कर्जन्हा २ बस्ने ६३ बर्षीय छबिलाल परियार दिएको किटानी जाहिरीको आधारमा रामबहादुरलाई पक्राउ गरी कार्वाही प्रक्रिया अगाडी बढाईएको डिएसपीद्र साहले बताएका छन् । करीब ३० बर्षअधि जातिय रितिरिबाज अनुसार सर्मिला र रामबहादुरको बिबाह भएपनि राम बहादुरले सर्मिलालाई बिभिन्न बहानामा हेला गर्ने, कुटपिट गर्ने र यातना दिने लागायतका तनाब दिएकाले सहन नसकेर बाध्य भई आत्महत्या गरेको जाहिरी दरखास्तमा उल्लेख रहेको छ । 
सर्मिला असोज १४ गते गाई गोठमा गई घाटीमा फासो लगाई आत्महत्या गरेका थिए । 

 

भदौ १ गतेदेखि मुलुकी अपराध संहिता ऐन २०७४ लागु भएपछि नेपालमा पहिलो पटक आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा मुद्धा चलाईएको डिएसपी साहले दाबी गरेका छन् । 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤