ताजा समाचार

मिर्चैयाको मिथिला बिद्या मन्दिरमा प्रहरीको जनचेतना

  • असोज १७, २०७५
  • ९९६ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, १७ असोज ।  युवा पुस्तामा देखिएको बिकृृतिको बिरुद्ध मिर्चैया प्रहरी सक्रिय भएका छन् । प्रहरी मेरो साथी कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि ईलाका प्रहरी कार्यालय मिर्चैयाले मिथिला बिद्या मन्दिर मिर्चैया ६ स्थित बुधबार “सभ्य र सुरक्षित समाज निर्माणका लागि नेैतिकचरित्र र अनुशासनको बिकास” नामक जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेका छन् । बिद्यार्थीहरुमा देखिएको नैतिकताको कमी र अनुशासनहिनताको अबस्थालाई सुधार गर्नका लागि ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिषक (डिएसपी) दिपेन्द्र साहले  प्रशिक्षण दिएका हुन् । 
कुलतबाट बाँचे मात्र समाजमा स्थापित हुन सक्ने भन्दै डिएपी साहले राम्रो र सफल मानव बन्नका लागि नैतिकबोध र अनुशासित हुनु जरुरी रहेको उनले बताए । समाजमा बढदै गएको हत्याहिंसा, बलात्कार, चोरी डकैतीमा लगायतका बिकृतिका बिरुद्धमा छरछिमेकमा सचेतना बढाउन उनले सबैमा अनुरोध समेत गरेका छन् । ईलाका प्रहरी कार्यालय र महिला सेलको आयोजनमा भएको जनचेताना कार्यक्रममा मिथिला बिद्या मन्दिरका प्रिन्सिपल बिरेन्द्र राउत, बिद्यार्थी लगायतका उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤