ताजा समाचार

नगरपालिका र आन्दोलनरत पक्षबिच दुई बुँदे सहमति पश्चात आन्दोलन फिर्ता

  • असोज १७, २०७५
  • १५४९ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, १७ असोज । मिर्चैयामा करको बिरोधमा जारी आन्दोलन नगरपालिकासंग सहमतिसंगै फिर्ता भएका छन् । मिर्चैया नगरपालिका र आन्दोलनरत सर्वपक्षीय संयुक्त संघर्ष समितिबिच बुधबार दुई बुँदे सहमति पश्चात आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् । 
 
नगरपालिकाका मेयर श्रबण कुमार यादब र आन्दोलनरत संयुक्त संघर्ष समितिका बार्ता समितिका संयोजक अशोक कुमार साहको संयुक्त हस्तक्षर रहेको सहमति पत्रको पहिलो बुँदामा आन्दोलनरत पक्षका सम्पुर्ण माँगहरुमा मिर्चैया नगरपालिकाले छलफल गरी कर, राजस्व, शुल्क तथा दस्तुरको सम्बन्धमा संसोधित बिषय बस्तुहरुको कार्यान्वयन गर्न गराउनका लागि नगरकार्यपालिका र नगरसभामा पेश गरी नगरसभाबाट अनुमोदन गराई मंसिर ५ गतेभित्र कार्यान्वयन गरिनेछ र दोस्रो बुँदामा सर्बपक्षिय संयुक्त संघर्ष समिति मिर्चैयाले आफ्ना आन्दोलनका सम्पुर्ण कार्यक्रमहरु फिर्ता गरिने उल्लेख रहेका छन् । 
समितिले साउन २९ गते कर बृद्धि फिर्ता लगायत बिभिन्न ८ बुँदे माँग राख्दै नगरपालिकालाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापन पत्रको पहलो बुँदामा रहेको हाल नगरपालिका लिईरहेको नयाँ कर, शुल्क र राजस्व पूर्ण रुपमा स्थगित गर्नुपर्ने र दोस्रो बुँदामा रहेको पुरानो कर पनि संशोधन पश्चात मात्र लागु गर्नुपर्ने बुँदाको बिषयमा सहमति भएपनि नगरसभाबाट पारित गरी मंसिर ५ गते भित्र कार्यान्वयन गर्ने लिखित सहमति भएको छ । त्यसैगरी अन्य बुँदाहरुमा रहेको  आ.व. २०७४÷०७५ को वडा र नगर स्तरीय योजनाहरुको लागत ईष्टिमेट सहित मुल्यांकन विवरण उपलब्ध गराउनुपर्ने, विभिन्न निकायबाट नगरपालिकामा दाखिला भएको आम्दानीको विवरण उपलब्ध गराउनुपर्ने, कोटेशन र सडक बोर्डको कार्यको विवरण उपलब्ध गराउनुपर्ने, आन्तरिक कोषबाट नियुक्ति गरिएका कर्मचारीको विवरण उपलब्ध गराउनुपर्ने, घटना दर्ता, मृत्यू दर्ता, विबाह दर्ता, बसाईसराई निःशुल्क हुनुपर्ने लगायतका बिषयमा सहमति भएको नगरपालिकाका मेयर श्रबण कुमार यादबले बताए । 

 

 
नगरपालिकासंग भएको सहमतिमा कार्यान्वयन हुनेमा आफुहरु विश्वस्त रहेको सर्बपक्षिय समितिका बार्ता समिति संयोजक अशोक कुमार साहले बताए । नगरपालिका र आन्दोलनरत पक्षबिच भाद्र १५ गतेदेखि असोज १७ गतेसम्म बिभिन्न ७ चरणमा भएको बार्ता सहमतिसंगै टुंगिएको छ ।   

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤