सिरहा : सडक दुर्घटनामा तीन घाइते, एकको अवस्था गम्भिर

  • असोज १५, २०७५
  • १२८५ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, १५ असोज । मिर्चैयामा ट्रक र भारतीय कार एक आपसमा ठोक्किदा ३ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सिरहाको मिर्चैया नगरपालिका बडा नं. १ स्थित आज (सोमबार) विहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ३३५० नम्बरको ट्रक र पश्चिमबाट पुर्बतर्फ आउँदै गरेको विआर ३० आर ५१७१ नम्बरको भारतीय कार एकापसमा ठोक्किदा ३ जना घाइते भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका प्रहरी नायब निरिक्षक मनोज कुमार चौधरीले बताए । 
झापाको भद्रपुर नगरपालिका बडा नं. १ बस्ने ट्रकको चालक अन्दाजी ३० बर्षीय राजु श्रेष्ठ, पर्साको बिरगंज उपमहानगरपालिका बडा नं. १६ बस्ने कारको चालक अन्दाजी ३० बर्षीय लाबश चौरसीया र कारमा सबार सोही स्थानका अन्दाजी २५ बर्षीय पुनित कुमार महतो घाइते भएका छन् । घाइते मध्ये कारका चालक चौरसीयाको अबस्था गम्भिर रहेको प्रहरीले जनाएका छन् ।  घाइतेहरुको मिर्चैयामा रहेको मंगलम हेल्थकेयरमा उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस

दलित जनकल्याण युवा क ...

ओम प्रकाश यादव लहान, पुष ७ । दलित जनकल्याण युवा क्लब लहान, सिरहाको १९औँ वार्षिक सामाजिक लेखाजोखा कार ...

सिरहामा DOTIM अधिकार ...

ओम प्रकाश यादव लहान, पुष ७ । जनता समाजवादी पार्टी नेपालका शुभेच्छुक संगठनहरू—दलित बिचलाबर्ग, थ ...

हिमालय क्षेत्रीय छाय ...

२०२५ डिसेम्बर २१, लुम्बिनी — २०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१