मुख्‍यमन्त्री राउतले भने, 'केन्द्रले सहयोग गरेन, आफैं कर्मचारी भर्ना गर्छौं'

  • असोज १५, २०७५
  • ६१३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

असोज १५ । प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले सहयोग नगरेको आरोप लगाउँदै आफैं कर्मचारी भर्ना गर्ने चेतावनी दिएका छन्। कर्मचारी पठाएर सहयोग गर्न पटक-पटक आग्रह गरे पनि संघीय सरकारले चासो नदेखाएको राउतको आरोप छ । ‘प्रदेश सरकारलाई असफल बनाउन कर्मचारी पठाउन संघीय सरकारले असहयोग गरेको छ,’ सोमबार जनकपुरमा जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राउतले भने, ‘संघीय सरकारले कर्मचारी पठाएर सहयोग गर्नुको साटो असहयोग गर्ने काम गर्‍यो। अब हामी आफैं कर्मचारी भर्ना गर्छौं ।

कर्मचारीको अभावमा कामकाज अगाडि बढ्न नसकेको गुनासो गर्दै राउतले कर्मचारी पठाउनेलगायत विषयमा संघीय सरकारले असहयोग गरिरहेको आरोप लगाए। संघीय सरकारलाई एक महिनाको अल्टिमेटम दिँदै राउतले भने, ‘एक महिना हामी संघीय सरकारलाई कुर्छौं, एक महिनाभित्र पनि कर्मचारी नपठाए प्रदेश-२ मा कर्मचारी भर्ना प्रक्रिया शुरु हुन्छ । प्रदेश सरकारले करार कर्मचारी ऐन सदनमा पुर्‍याइसकेको छ बताउँदै राउतले एक महिनाभित्र संघीय सरकारले कर्मचारी नपठाए सोही कानूनअनुसार आफैं कर्मचारी भर्ना गर्ने बताए। 

राउतले संघीय सरकारको असहयोगका कारण प्रदेश सरकार विकास निर्माणको कार्यलाई गति दिन नसकेको दाबी गरे। संघीय सरकारले प्रदेशलाई असफल बनाउन कर्मचारी नपठाएर असहयोग गरेको उनले बताए। एकतन्त्रीय शासनमा रमाउन चाहने स्थायी सत्ताका प्रतिनिधिहरू संघीयतालाई असफल बनाउन अग्रस्थानमा रमाउन चाहेको बताउँदै मानसिकता परिवर्तन गर्न उनले सचेत गराए । २४ घण्टाभित्र विवरण बुझाउन जनकपुर अञ्चल अस्पताललाई निर्देशन मुख्यमन्त्री राउतले जनकपुर अञ्चल अस्पताललाई सम्पूर्ण विवरण बुझाउन २४ घण्टे अल्टिमेटम दिएका छन्। अस्पतालले दिँदै आएको सेवा र गुणस्तरबारे जनगुनासो बढ्दै गएका बेला मुख्यमन्त्री राउतले यस्तो निर्देशन दिएका हुन्।

सोमबार जनकपुर अञ्चल अस्पतालको आकस्मिक निरीक्षण गर्न पुगेका मुख्यमन्त्री राउतले अस्पतालमा कर्मचारीको दरबन्दी संख्या, कार्यरत चिकित्सक र कर्मचारीबारे सम्पूर्ण विवरण २४ घण्टाभित्र उपलब्ध गराउन निर्देशन दिएका छन् । नयाँ व्यवस्थाअनुसार अस्पताल विकास समिति विघटन भइसकेको र अञ्चल अस्पताल प्रदेश सरकारको मातहतमा आइसकेको बताउँदै अस्पताल व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारको रहेको राउतले बताए । विकास समितिमार्फत काम गर्दै आएका कर्मचारीको व्यवस्थापन गर्ने दायित्व आफूहरूको रहेको उल्लेख गर्दै राउतले समितिको नाममा अनियमित भर्ना अब स्वीकार्य नहुनेसमेत बताए । यस क्षेत्रकै सबैभन्दा पुरानो भए पनि बिरामीले जनकपुर अञ्चल अस्पतालबाट उपयुक्त सेवा पाउन सकेका छैनन्। ४० देखि ४२ जना चिकित्सकको दरबन्दी रहेको अस्पताललाई सीमित विशेषज्ञ चिकित्सकले धानेका छन् ।

प्रतिक्रिया दिनुहोस

किर्ते जालसाजी मुद्द ...

रहमुल लहान  वैशाख ८।सिरहाको  नवराजपुर गाउँपालिका वडा नं. २ का  पूर्व निर्वाचित वडा अध ...

शिक्षा बन्द, सरकार च ...

दिलीप कुमार यादव सप्तरी रुपनी, वैशाख ७। देशमा शिक्षाको संकट झनै भयावह बन्दै गएको छ । सरकार मन्त्रीहर ...

प्रादेशिक अस्पताल सि ...

    नरेशचन्द्र बरबरिया सिरहा बैशाख  ६ । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१