Siraha Times
ताजा समाचार

सिरहामा अत्यधिक बिक्री हुने बेनेली बाईक र स्कुटर

  • माघ १३, २०७८
  • १४७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १३ माघ- सिरहाको लहान नगरपालिका ३ स्थित डि.एम.अटो ट्रेडिङ्गमा ईटालियन ब्राण्डको बेनेली कम्पनीको पेनेरिया नाम गरेको स्कुटर लहानमा लन्च भएको छ। ग्राहकले सबभन्दा बढी मनपराउने र निकै सुबिधा भएको स्कुटर लहानको उपलब्ध हुने भएको डि.एम अटो ट्रेडिङ्ग लहानका संचालक दिनेश कुमार साहले बृहत पत्रकार समेलन गरी स्कुटरको बिशेताहरुको बारेमा चर्चा गरेका थिए। बजाज सोरुम लहानका संचालक शंकर साहले र डि.एम अटो ट्रेडिङ्गका संचालकले छोपेर राखिएको स्कुटरबाट पर्दा हटाए र सार्बजनिक गरेका थिए।

सिरहाको लहान ३ स्थित २०७८ जेष्ठ १२ गते बेनेली सोरुमको उदघाटन भएको थियो।संचालन भएको मिति देखि हाल सम्ममा १ सय ८ वटा बाईक बिक्री भएको मार्केटिङ म्यानेजर संजिप कुमार मगरले जनाए। बजारमा उक्त कम्पनीको बाईकहरु निकै मार्केट लिएको सोरुमका इन्चार्ज यस चौधरीले बताए।संचालक साहका अनुसार अरु कम्पनीको बाईकहरु भन्दा बेनेली कम्पनीको बाईक र स्कुटर टिकाउ र सस्तो रहेको बताए। बेनेली कम्पनीले ७४ ओटा बिकशीत तथा बिकाशिल देशहरुमा आफ्नो प्रभुत्व स्थापित गर्नमा सफल भएको हो। उक्त कम्पनीको बाईकहरुमा बोडि र सोकराेड मोटो र बलियो हुने र आराम्दाईक सिट र हयान्डल,गजबको इन्जिन साउन्ड भएको छिटो पिकप समत्ने,अधिकतम् माईलेज,सस्तो मुल्यमा स्पेयर पार्ट र सर्भिसिङ्ग,अनलीमिटेड किमि र २ बर्षको इन्जिन वारेन्टी,अधिकतम इन्जिन आयु भएको बाईक लहानमै उपलब्ध रहेको संचालक दिनेश साहले जानकारी दिनु भयो।सहजै रूपमा एस्पेयर पार्टहरु उपलब्ध हुने म्याकेनिक सनम चौधरी र मिसन चौधरीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

स्थगित परीक्षा पुनः ...

ओम प्रकाश यादव लहान , भदौ १३ । सप्तरीको बलान बिहुल गाउँपालिका–६ स्थित जागेश्वर गरहाई जनता माध् ...

सिराहा: कल्याणपुर प् ...

विसुनदेव सरदार लहान, भदौ १३ । सिराहाको कल्याणपुरमा भएको मोटरसाइकल दुर्घटनाको घटनालाई प्रहरीले उचित क ...

भोटेकोशी बाढी प्रभाव ...

ओम प्रकाश यादव लहान, भदौ ११ । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित तथा विस्थापित समुदायलाई ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१