Siraha Times
ताजा समाचार

इलाका प्रहरी कार्यालय महेशपुर पतारीबाट प्रहरीकै सेटिङ्गमा तस्करी

  • माघ ७, २०७८
  • १५४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स सम्बादाता लहान ७ माघ। प्रदेश २ अन्तर्गत सिरहा जिल्लास्थित इलाका प्रहरी कार्यालय महेशपुर पतारीबाट प्रहरीकै सेटिङ्गमा अहिले व्यापक रुपमा तस्करी फस्टाएको छ । सादा पोसाकमा खटिने घुमुवा प्रहरीसँग सेटिङ मिलाएर तस्करले कार्यालयको पछाडिबाट मालसामान वारपार गराउँछन् । जिल्ला प्रहरी कार्यालय सिराहाका घुमुवाको सक्रियता पनि उत्तिकै देखिन्छन भने इलाका प्रहरी कार्यालयका घुमुवाहरुले तस्करलाई स्कटिङ समेत गर्ने गरेको छ र इलाका प्रहरी कार्यालय महेशपुरका असई रामा यादवको ईसारामा सबै सेटिँग भई रहेको देखिन्छ । तस्कर गराउने प्रहरीप्रति स्थानीयले आक्रोशित बनेको देखिएको छ। रामा आएदिन देखि गाउँपालिका भित्रका वडाहरुमा चोरी कार्य समेत बढिरहेको देखिएको छ।

Open photo

धनगडीमाई-महेशपुर-पतारी–कजरा-जिझौल सडक खण्ड अन्तर्गत लक्ष्मीपुर पतारी गाउँपालिकाको रामपुर चौकबाट मोटरसाइकलमा एक भारतीय सवार सहित ३० किलो मिठ्ठा तस्करी गरिएको खवर छ। हिजो माघ ६ गते करिब ४:१५ बजे ३ ओटा भारतीय मोटरसाइकलमा खेटीतेल ९ ओटा राजमार्ग तर्फ लगिदै गरिएको अवस्थामा देखिएको थियोे । यसले गर्दा समस्त सुरक्षाकर्मी को आचरणमा प्रश्न उठेको छ।सुरक्षाकर्मी कि तस्कर ? असई रामा यादव आएदिन देखि तस्करी र धुस पैठको हद्द नाघिएको एक महेशपुर निवासी नाम गोप्यराखी बताएका छन। रामा यादव आएबाटै इलाकामा तस्करी रोकिएको छैन झन बढिरहेको छ र इलाका भित्रका गाउँहरुमा तस्कर राज चलिएको देखिन्छ। पारिबाट कपडा, मोटरपार्टस, सुर्ती, राजनिवास गुटखा, रजनिगन्धा, कस्मेटिक्स सामान, तेल, चिनी, लागुऔषध, औषधि, लगायत सबै तस्करी हुन्छ,वारिबाट मटर, चाइनिज स्याउ, मदिरा पारि पुग्छ,’ स्रोतले जनाएको छ। सीमावर्ती नाका पिपराही , कजरा जिझौल सबै ठाउँमा सुरक्षाकर्मीका पोस्ट छन । सुरक्षाकर्मीको बाक्लो उपस्थिति भएको सीमानाकाबाट ठूलो परिमाणममा तस्करीको सामान छिराउन बिना सेटिङ सम्भव नभएकाले नेपाल प्रहरीका घुमुवाहरु सेटिङ मिलाउनमै व्यस्त रहेका हुन्छ। तस्करलाई घुमुवा प्रहरी यर्थात रामा यादवले नै बाटो देखाउँने गरेका छन् तस्करले खाद्य सामग्री, कपडा, मोटर पार्ट्स गन्जी , पेन्ट र कस्मेटिक सामग्री नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई लाइन मिलाएर ‘मासिक रकम दिएर’ लिने गरेका छन।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१