सतिसा यादव नवसंग्राम दैनिक लहान । दिनदुःखी गरिबको लागि स्थानीय सरकार कठोर बनेको छ । मेला महोत्सव र केटी नचाउंन चन्दा दिने गरेको छ । त्यससंगै सामाजिक मानमर्यादा विर्सेर ‘जिन्स डिला.... भने डिजेमा फन्का लगाउंछन् । यस्ता रमिताका कर्तुसहरु सिरहा सप्तरीमा यथेष्ट पाइरहेको छ । एउटा उदाहरण मात्र नभइ अनेकौ यस्ता कर्तुस रहेको छ । सिरहाका केही जनप्रतिनिधिहरुको यस्तै हविगत छ । सिरहा ९ स्थित एक मजदुर जसको बस्ने घर पनि अरुकै जग्गा हो । एक छाक टार्नको निम्ति बैन मजदुरी गर्नु बाहेक विकल्प नरहेको रवीन्द्र गुरमैता केही दिन अगाडि ज्यान त्याग गरेका छन् । गुरमैतामाथी केही अपराधीले तेजाव हालेको थियो । उनी उपचारको अभावमा मृत्यू शैया अंगाल्नुभयो । अब उनका १ बर्ष , ५ बर्षका दुई बेटी र ३ बर्षका एक बेटा रहेका छन् । यो संगै उनका पत्नि र आमा अथाह दुःखको शिकार भएका छन् । यस्ता पीडाका शिकार भएका कति छन् यहां ? यसको बर्णन गर्न साध्य छैन । सिरहा ९ का अर्का घटना यस्तै दर्दनाक छ । दाईबत्ती धोविनीको पति कालगतीले जीवन त्याग गरे । आज उनका एक मात्र छोरी छन् । उनी नागरिकता विहीन छन् । उमेर ४० काटिसकेकी उनी छोरी नागरिकता बनाउंन अहिलेसम्म २० हजार खर्च गरिसकेका छन् । आमाको नामबाट नागरिकता बनाउंन नपाएर गैरनागरिकमा दर्जिएको छ । उनकी पतिले पनि नागरिकता बनाउंन नमानेर जीवनको धारहरु उनको लागि विरान हुन थालेको छ । एक त उनको गरिबीले जीवनको धारहरु सवल बन्न सकिरहेका छन् । अर्कातीर नागरिकताको पीडाले उनी आफ्ना सन्तानहरुलाई सुमार्गतर्फ डोर्याउंन सकिरहेका छैन ।
सिरहा ६ कठोलवाको एउटा अर्को असहनीय घटना रहेको छ । बुबा, दाजु भाई नरहेको अवस्थामा मृगी—क्षारे रोग उत्तेजित भयो । उनलाई उपचारको लागि आमाको सहयोगमा सिरहा अस्पताल उपचारमा ल्यायो । गरिबी न हो पैसाको अभावमा उपचार हुन सकिएन । उनले पनि उपचारकै क्रममा ज्यान त्याग गरे । तर, गरिबलाई थप पीडा हुंदो रहेछ । यसको प्रमाणित सिरहा अस्पतालले गरेर देखाइयो । गरिबको रगतसंग पैसा दाजेर पोस्टमार्टममा लगियो । पैसा नभएका बुढी आमाले मागेर १० हजार तिरियो । १० हजार तिरेपछि मात्रै पोस्टमार्टम भएको छ । गरिबलाई कति सताउंन— पीडा दिन इच्छा जागृत छन् यहांका कार्तुसहरुलाई । यही हो न्याय ? सवालमाथी सवाल उठ्नु स्वभाविक नै हो । गरिबलाई पीडा छदैछ । यसमा पनि दलितको पीडा कहालिलाग्दो छ । सिरहा ३ स्थित रहेको प्रावि रामनगर गुलेरियाको हो । यसो त यो स्कूल एउटा उदाहरण मात्रै हो । यो स्कूल बाहेक अधिकांशमा यस्तै अवस्था छ यहां । खासमा दलित बालबालिकालाई शिक्षामा जोड दिन सरकारले विभिन्न योजना ल्याएको छ । खाजा कार्यक्रम । पोशाक । छात्रवृतिलगायत विभिन्न कार्यक्रम रहेपनि त्यस विद्यालयमा चार जना यस्ता शिक्षक छन् । जो विद्यार्थीको छात्रवृति, खाजा र पोशाकमा समेत कमिशन खाने गरेको छ । कमिशन खाएर पनि राम्ररी अध्ययन अध्यापन गराएको भए सार्थक नै हुन्थ्यो होला । तर, स्थानीय शिक्षकहरु भएकोले विहान हलो जोतेर विद्यालय जाने गरेको छ । विद्यालयमा पुगेर विद्यार्थीलाई पठ्नपाठ्न गराउंन छाडेर कुम्भकर्ण निन्द्राको माजा लिने गरेको छ । दलित विद्यार्थीहरु विद्यालय जान नचाहेको अर्को कारण विद्यालयका शिक्षकहरु पठ्नपाठ्न नगराए आफ्नै घरायसी विवाद, राजनीतिक वर्तालाप र एक आपसमा रकम खेलमै अल्झिने गरेको छ । यस्तो अवस्थामा विद्यार्थीहरु शिक्षाबाट टाढा बस्ने गरेको छ । यस्ता दद्रितालाई समाप्त पार्न कसले जिम्मा लिने त ? अवश्यक पनि यो कर्तव्य पुरा गर्ने कार्य जनप्रतिनिधिहरुको नै हो । स्थानीय सरकारको हो । के एक लाख चन्दा दिन सकिने वडा अध्यक्षले गरिब निसाहयको लागि काम गर्न सकिदैन र ? अवश्यक पनि यस्ता दयनीय अवस्थालाई चिर्न जनप्रतिनिधिहरु कसरतमा लाग्नुपर्छ । जसले सिरहामा पीडामा परेका गरिब दलित तथा निसहायलाई सहयोगको खाचो छ । न्यायको खाचो छ । अधिकार सम्पन्न जरुरी छ । अनि मात्रै जनताले चाहेको जनप्रतिनिधि सक्षम कहलाउंन सक्छन् । ( समाजसेवी सतिसा यादवको कुराकानीमा आधारित )
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2024 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic