लहान मधेश आन्दोलनको स्मृतिमा बलिदानी दिवस

  • माघ ६, २०७८
  • १४१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता । नवसंग्राम दैनिक लहान, ६ माघ । बलिदानी दिवस आज लहानमा सहिदलाई माला अर्पण गरि मनाइएका छन् । मधेश आन्दोलनको क्रममा सहादत्त प्राप्त गरेका सहिदको सम्झनामा आज माघ ५ गते आन्दोलनको उद्गम स्थल लहानमा १५ बर्षदेखि बलिदानी दिवस मनाउँने गरेको छ । बलिदानी दिवसमा यस पटक जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय कार्यकारी सदस्य राजकिशोर यादव, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, मन्त्रीद्धय शैलेन्द्र साह र विजय यादव विहानै सहिदमा माला अर्पण गरेका छन् । योसँगै पूर्व राज्यमन्त्री शत्रुधन सिँह र सुरेश मण्डलगायत हजारौ नेता कार्यकर्ताले लहानमा उपस्थिति जनाएर बलिदानी दिवस मनाएका छन् । उता, लोसपा र जनमत पार्टीका कार्यकर्ताले सहिद प्रतिमामा माला अर्पण गरि बलिदानी दिवसमा सरिक भए ।

यसैबीच, लक्ष्मीपुर पतारीमा जसपा अध्यक्ष उपेन्द्र यादवका प्रमुख आतिथ्यमा वृहत्त कार्यक्रम भएको छ । सो कार्यक्रममा केन्द्रीय सदस्य राजकिशोर यादव, राजकुमार गुप्ता राजुलगायत दर्जनौ केन्द्रीय नेताको उपस्थिति रहयो । लक्ष्मीपुर पतारीमा भएको कार्यक्रममा केदार यादवलगायत सर्यौ नेता कार्यकर्ता जनमत पार्टी, काँग्रेस, एमाले परित्याग गरि जसपामा प्रवेश गरेका छन् । माघ, यस दिन मधेश आन्दोलनको क्रममा सिरहाको लहानमा रमेश महतो पहिलो सहिद भएका थिए । त्यसको सम्झनामा मधेश प्रदेश सरकारले समेत ५ माघलाई बलिदानी दिवसको रुपमा मनाउदैआएको छ । बलिदानी दिवसमा मधेश प्रदेश सरकारले सार्वजनिक बिदा समेत दिएको छ । १५ वर्ष पूरा भएको मधेश आन्दोलनमा १०३ जनाले ज्यानको आहुति दिएका थिए । प्रदेश सरकारले बुधबार सप्तरीमा एक कार्यक्रमको आयोजना गरि प्रत्येक सहिद परिवारलाई तीन लाखको दरले आर्थिक सहयोग तथा सम्मान गरेका छन् ।

यसअघि पनि प्रदेश सरकारले मधेश आन्दोलनका सहिदहरूलाई आर्थिक सहयोग गरेका थिए । त्यसैगरी, गत वर्ष सहिद परिवारको आयआर्जनका लागि भैसी, गाई समेत प्रदेश सरकारले उपलब्ध गराएको थियो । केही सहिद परिवारका एक एक सदस्यलाई प्रदेश सरकारले रोजगारी दिएको छ । मधेश माआन्दोलनको बलमा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रिक व्यवस्थामा प्रवेश गरेको छ । संघीय संरचनामा मुलुक प्रवेश गरे पनि प्रदेश सभा, प्रदेश सरकार गठन भएको चार वर्ष पुगेको छ । प्रदेश सरकारले हरेक क्षेत्रमा आफ्नो क्षमताअनुसार कार्यअघि बढाउन सफल भएको मुख्यमन्त्री लालबाबु राउतले बताए ।

प्रदेशको नामाकरण मधेश प्रदेशले आन्दोलन र सहिदको सपना सकार भएको मुख्यमन्त्री राउतले बेटी पढाउ बेची बचाउ, धार्मिक स्थलको संरक्षण प्रर्वद्धन गर्न उदेश्यले स्वच्छता अभियान जस्ता महत्वपुर्ण कार्यहरूलाई प्रदेश सरकारले प्राथमिताको साथ गर्दै आएको बताए ।

प्रतिक्रिया दिनुहोस

जसपाको प्रथम जिल्ला ...

ओम प्रकाश यादव लहान वैशाख ९ । संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादलाई मूल नाराका रूपमा अघि सारेक ...

जसपाको प्रथम जिल्ला ...

ओम प्रकाश यादव लहान वैशाख ९। संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादलाई मूल नाराका रूपमा अघि सारेको ...

किर्ते जालसाजी मुद्द ...

Translator       रहमुल लहान  वैशाख ८। सिरहाको नवराजपुर गाउँपा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१