ताजा समाचार

छुवाछुत न्युनिकरण भएपनि सेवासुविधामा विभेद यथावत

  • असोज ९, २०७५
  • ८३४ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, ९ असोज । दलितलाई आज पनि विद्यालयपक्षले अनावश्यक रकम तिर्न बाध्य पारेको एक सार्वजनिक कार्यक्रममा खुलासा भएको छ । कक्षा ९ को परीक्षा फारम भर्ने वाहानामा सखुवानन्कारकट्टीको एक विद्यालयले १८ सय रुपैयां माग गरेपछि पवितादेवी पासमान गाउंपालिका प्रमुख केदार यादवलाई उजुरी गरेका थिए । उजुरी गरेपछि पविताको छोरीको फारम निशुल्कमा भरेको खुलासा भएको छ । जहां कक्षा ९ को परीक्षा फारम भर्न ३ सय रकम तिर्नुपर्ने प्रावधान रहेको छ । दर्जनौ दलितबाट विद्यालयले १८ सयकै दरमा रकम असुली गरेको छ । पविता भन्छिन्—‘म पैसा किन तिर्नु ? दलितको लागि निशुल्क पढाई छ ।’‘मेरा साथीसंगीहरुले आफ्ना छोराछोरीको लागि १८ सय रुपैयां तिरे ।’ ‘उनीहरुका अभिभावक विदेश कमाउंने गरेकोले पैसा र अधिकारको महत्व नभएर विद्यालयले माग गरे जति पैसा तिरेका छन् ।’ सखुवानन्कारकट्टीका शिक्षा संयोजक विजय यादवले भने ‘लिखित वा मौखित उजुरी आयो भने हामी कारवाहीको दायरामा लैजान्छौ ।’ ‘ निशुल्क शिक्षाको अवधारणा भएको बेला थप पैसा लिनु भ्रष्टाचारी हो ।’ नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सिरहाको आयोजनामा आज स्थानीय नेतृत्व र स्थानीयस्तरमा योजना निर्माण संयन्त्रहरुसंग जातिय भेदभाव तथा छुवाछुत विषयक संवाद कार्यक्रममा सहभागीहरुले यस्तो विभेदको प्रसंग उठाएको छ । योजना तर्जुमा समावेश भएका कामहरु अधुरा रहेको भन्दै अर्का सहभागी भोलीदेवी सदाय भन्छिन्—‘हाम्रो दलित बस्तीमा बाटो व्यवस्थित छैन । दलानको काम अधुरो रहेको छ ।’ ‘दलितले चाहेको कति निर्माण काम योजना तर्जुमा समावेश गदैनन् ।’ ‘गरेपनि पुरा हुंदैन ।’ ‘विभेद यथावतै छ ।’ तर, धैरै हदसम्म छुवाछुत न्यूनिकरण भएको छ ।’ मानविर यादवले भने ‘ आज पनि दलित सदाय वस्तीमा बाटो नै गायब हुने गरेको छ ।’ ‘छुवाछुत भन्दा विकास निर्माण काम दलित बस्ती नहुंदा अनि विभेद हुने ठहर छ ।’ अर्का सहभागी देवनारायण रामले भने ‘बेटाबेटीमा विभेद छ ,मानव मानवबीच विभेद छ ।’ ‘दलितको घरमा मात्रै होइन् यादवकै घरमा बह्मानले दहीच्युरा खान तयार हुन्छ । तर,दालभात तरकारी खादैन ।’ ‘जनसंख्याको आधार नेतृत्व आवश्यक छ ।’ उनले बताए । कार्यक्रममा गाउंपालिकाकी उपप्रमुख अमलादेवी यादव, वडाध्यक्षहरु वैद्यनाथ यादव, शुभनारायण यादव, नेकपाका बद्रीनारायण चौधरी, हरिनारायण चौधरी, दलित कल्याण संघका सिरहा अध्यक्ष मोहन पासमानलगायतले स्थानीयतहमा जातीय विभेदका सवालहरुलाई योजना तर्जुमा प्रक्रिया तथा नीतिहरुबारे चर्चा गरिएका थिए । कार्यक्रमका सहजिकरण नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष दिनेश्वर गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤