ताजा समाचार

सनराईज बैंक स्वास्थ्य बीमा बापत राहत चेक हस्तान्तरण गरे

  • असोज ९, २०७५
  • ९९३ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

लहान ,९ असोज । सनराईज बैंक ,लहान शाखाले ग्राहकका लागि ल्याएको स्वास्थ्य बीमा सुबिधा योजना अन्तर्गत आज एक महिलालाई राहत स्वरुप चेक हस्तान्तरण गरेको छ । लहान शाखाका ग्राहक सीतापुर प्र. ध.—३ हाल लहान न.पा.—८ बस्दै आएकी ३० बर्षिय रिताकुमारी यादवलाई ३ हजार ३ सय ९७ रुपैयाको चेक हस्तान्तरण गरेको छ । यादवको गत महिना बिराटनगर अस्पताल प्रा. लि., बिराटनगरमा पथरीको शल्यक्रिया गरिएको थियो । बैंकका कर्मचारी धिरज प्याकुरेलले हरेक बचतकर्तालाई डबल सुरक्षा प्रदान गर्ने उद्देश्यले बैंकले स्वास्थ्य र दुर्घटना बिमाको योजना ल्याएको साथै हाल बैंकले देश भरमा ९१ शाखा, २४ शाखा सहित बैंकिंग सेवा ४ एक्सटेन्सन काउण्टर र १०७ एटीएम मार्फत सेवा प्रदान गर्दै आएको जानकारी दिएका छन् । बैंकले स्वास्थ्य बिमा अन्तर्गत ग्राहकलाई स्वास्थ्य उपचार गराउदा लाग्ने खर्चमा १ लाख नबढ्ने गरि बचत खातामा रहने बार्षिक औसत मौज्दातको २५ प्रतिशत वा बिल रकम मध्ये जुन न्युन हुन्छ सो रकम दाबी गर्न पाईने ब्यबस्था गरेको छ । यस अघि भाद्र २५ गते सो बैंकले दुर्घटनामा परेर मृत्यु भएका राजबिराज न. पा. ८ निवासी फुलेश्वर मिश्रका परिवारलाई दुर्घटना बीमा बापत १ लाख ६९ हजार ३ सय ९५ तथा जेष्ठ १८ गते स्वास्थ्य बिमा सुबिधा अन्तरगत राजबिराज १ का राम अवतार यादवलाई उपचार खर्छ बापत ४४ हजार रुपैयाँ उपलब्ध गराएको बैंकका अर्का कर्मचारी बिदयानन्द चौधरीले बताएका छन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤