महेश सिंह सिरहा लहान २ माघ -थारु समुदायहरुले माघी महोत्सब विशेष रुपले मनाईदै आएका छन्।अरु जातीय समुदाय भन्दा थारु समुदायले माघी संक्रान्ती पर्वलाई विशेष प्राथमिकता दिएका छन्।प्रत्येक बर्ष माघ १ र २ गतेका दिन लाई माघी पर्वका रूपमा लिने गरेका छन्। सिरहाको लहान नगरपालिका वडा नम्बर २२ बर्छवामा दोस्रो माघी महोत्सब बृहत रूपमा मनाउने गरेका छन्।बर्छवाका थारु समुदायहरुले गत बर्ष देखि माघी महोत्सबको आयोजना गर्दै आएका छन्।उक्त समुदायले महोत्सबलाई सामाजिक सद्भाव कार्यम गर्न र आफनो जातीय पहिचानको उथान गर्न उक्त कार्यक्रमको आयोजना गरेको आयोजक समितिको अधिकारी ब्यक्ती तथा जे.एस.मुरारका बहुमुखी क्याम्पसका प्रद्य्यापक दिलिप चौधरीले जानकारी दिनु भयो।
उक्त कार्यक्रम बर्छवा युवा कलबका अध्यक्ष तथा समाजसेवी अनिल कुमार चौधरीको अध्यक्षतामा सुरु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथिमा पुर्व कानुन न्याय तथा संघीय मामिला मन्त्री लिला नाथ श्रेष्ठ रहनु भएको थियो। बिशिस्ट अतिथिहरुमा प्रदेश २ का प्रदेश सभा सदस्य लगन लाल चौधरी, नेकपा एमालेका केन्द्रिय सदस्य तथा सिरहा जिल्ला इन्चार्ज गंगा प्रसाद यादव, सम्बन्धित वडाका वडा अध्यक्ष बिन्देश्वर यादव,जे.एस.मुरारका बहुमुखी क्याम्पसका प्रद्य्यापक दिलिप चौधरी,इन्जिनियर राम बिहारी चौधरी रहनु भएको थियो। अतिथिहरुमा लक्ष्मीपुर पतारी गाउँपालीकाका वडा नम्बर ६ का अध्यक्ष राजेश्वर साह सुडी, सितापुर प्रधका शिक्षक महेन्द्र चौधरी,नेकपा एमालेका जिल्ला कमिटी सदस्य दिपेन्द्र चौधरी,समाज सेवी गोबिन्द यादव,पब्लिक एम्स बोर्डिङ स्कुलका प्रीन्सिपल पशुपति चौधरी,पुर्व गाबिस अध्यक्ष तथा समाजसेवी अचमीत लाल चौधरी,लहान २२ का वडा सदस्य रामबिलास मण्डल नेपाल पोस्ट दैनिकका पत्रकार महेश सिंह लगायतका सयौं अतिथिहरुको उपस्थिति रहेका थिए।
थारुका राष्ट्रिय तथा ख्यातिप्राप्त कलाकारहरु थारुमोडेल मोडेल ममता चौधरी,मोडेल अनिषा चौधरी ,मोडेल रिसिका चौधरी,मोडेल मुस्कान चौधरी,मोडेल,कालाकार तथा उदघोषक प्रमोद चौधरी,गायक रामदेब चौधरी,गायिका अनुमा चौधरी,डान्सर रानी साइवा,मोडेल अन्जली चौधरी ,मोडेल सुजु,मोडेल सारन्स साह लगायत अन्य कालाकारहरुको उपस्थितिमा मनोरन्जन नित्य सांस्कृतिक झाखीहरुको प्रस्तुति रहने आयोजक बर्छवा युवा कल्ब लहानका अध्यक्ष अनिल चौधरीले जानकारी दिनु भयो। थारु समुदायका ब्यक्तीहरुले आफनो जातिय पहिरण नयाँ नयाँ बस्त्रमा सजिएर थारुका भेष भुसा काला सांस्कृतिकहरुको उजागर गर्दै मनोरञ्जन गर्ने गरेका छन्। थारु पहिरनमा सजिएका ब्यक्तीहरुले सांस्कृतिक प्रस्तुति गरेका थिए। उक्त महोत्सव हेर्न अनिय जातिका लाखौं ब्यक्तीहरुको सहभागीता रहेको छ। माघ १ र २ गते सम्म चल्ने आयोजक कल्बक प्रतिनिधि दिलिप चौधरीले जानकारी दिनु भयो।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2024 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic