सिरहाका सिडियो भन्छन्—‘विकासको लागि अधिकार भन्दा कर्तव्यमुखी बनौ ’

  • असोज ८, २०७५
  • ६४० पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

सिरहामा ६ हत्या,गोलबजार प्रहरी घेराउ

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, ७ असोज । जिल्लाको विकासको लागि अधिकार भन्दा कर्तव्यमुखी क्रियाकलापमा जोड दिनुपर्ने सिरहाका सिडिया रुद्रप्रसाद पंडितले बताए । नेपाल ग्रामिण पुनर्निर्माण संस्था सामुदायिक विकास कार्यक्रमको अन्तिम प्रगति समीक्षा कार्यक्रम असोज ७ गते सिरहामा सिडियो पण्डितले सिरहाको विकासको लागि यहांका जनतालाई शिक्षाको खाचो रहेको बताए । सिडियो पण्डितले सामाजिक कुरिती दाईजो प्रथा, बालविवाह, बहुविवाह, घरेलु हिंसा न्यूनिकरण गरे मात्रै सिरहामा विकासको लहर आउंन सक्ने उनले बताए । सिरहामा आमुल परिवर्तनको खाचो रहेकोले अधिकारको सवाल भन्दा कर्तव्यमुखीको कार्य अघि बढाउंन क्षमता अभिवृद्धि कार्यक्रम आवश्यक रहेको सिडियो पण्डितले बताए । स्थानीयतहका जनप्रतिनिधीहरुले प्रशासनिक खर्च २० प्रतिशत र विकास निर्माणतर्फ ८० प्रतिशत बजेट विनियोज गरी कार्यक्रम गर्नुपर्ने सिडियो पण्डितले जोड दिए । विना इजाजतको कुनै पनि एनजिओ आईएनजिओलाई आफ्नो नगरभित्र कार्यक्रम गर्न नदिनु भन्दै सिडियो पण्डितले स्थानीयतहका प्रमुखहरुलाई आफुखुशी गर्ने संघसंस्थालाई काम बन्द गर्न बताए । जिल्ला समन्वय समिति सिरहाका अध्यक्ष रामचन्द्र ठाकुरका सभाध्यक्षतामा भएको सो कार्यक्रममा धनगढीमाई नगरपालिकाका मेयर हरिनारायण चौधरी, नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष दिनेश्वरप्रसाद गुप्ता, गैसस महासंघ सिरहाका अध्यक्ष गोविन्द विष्टलगायतले मन्तव्य राख्नुभएका थिए । कार्यक्रममा आयोजकपक्षका कल्पना श्रेष्ठले प्रगति विवरण प्रस्तुत गरेका थिए ।

सिरहामा ६ हत्या,गोलबजार प्रहरी घेराउ लहान, ७ असोज । सिरहाको गोलबजार ३ पुरानोडिह स्थितका ३८ वर्षीय हेमबहादुर ब्लोन तामाङ्गलाई अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी गएको भदौ ३१ गते हत्या गरेको थियो । प्रहरीले हालसम्म अपराधी पत्ता लगाउन नसकेको भन्दै आक्रोशित स्थानीयवासीले ईलाका प्रहरी कार्यालय गोलबजार घेराउ गरेका छन् । अपराधी पक्राउ गर्न माग गर्दै तीन सयबढी स्थानीयवासी प्रहरी कार्यालय गोलबजार घेराउ गरेका थिए । यहाँका स्थानीयले यस अघि असोज ४ गते हत्यारा पत्ता लगाउन माग गर्दै इलाका प्रहरी कार्यालय, नगर र वडा कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए । यस घटनासँगै सिरहामा डेढ महिनाको अवधिमा ६ वटा हत्याका घटना भएका छन् । अधिकांश घटनामा प्रहरीले हत्यारालाई पक्राउ गर्न सकेको छैन् । गोलबजारक्षेत्रमा व्यापक अपराधिक घटना भइरहेको छ । घटना प्रहरी नियन्त्रण बाहिर छ ।

प्रतिक्रिया दिनुहोस

राष्ट्रीय स्तरमा कुर ...

काठमाडौं, मंसिर, ९ साउदी अरबको इस्लामी मामिला, दावत र मार्गदर्शन मन्त्रालयको आयोजनामा दोस्रो अल नेपा ...

क्याकुसिन करातेको डो ...

रन्जित चौरसिया बारा, ९ मंसिर / बाराको फेटा गाउपालिका वडा नम्बर १ भलुही स्थित बगैचा कटेजमा हुने गरेको ...

पर्साको श्रीसिया नाक ...

रन्जित चौरसिया वीरगंज ८ मंसिर । पर्सा जिल्लाको श्रीसिया नाका हुदै व्यापक रुपमा तस्करी फस्टाएपनि स्था ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१