ताजा समाचार

विराटनगरको कञ्चनवारीमा बिहानै स्कुल बस र टिपर चालक बिच कुटाकुट

  • असोज ७, २०७५
  • १०६७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

असोज ७ । आईतवार बिहान करिब ६ बज्नै लाग्दा मोरङको टंकी सिनवारी नजिकैबाट एक आपसमा दुईवटा गाडी हुँकिँदै आउँदै थिए । एउटा स्कुल बस अर्को टिपर । यी दुबैले एकले अर्कोकोलाई कसरी हुन्छ उछिन्ने नै रणनिती बनाएको देखिन्थ्यो । तिब्र गतीमा आएका दुबै सवारीहरु को भन्दा को कम भन्दै एकले अर्कोलाई उछिल्ने अनी फेरी अर्कोले अर्कोलाई उछिन्ने हुँदै आउँदै गर्दा कन्चनवारीको एबी पेट्रोलपम्प नजिकैे टिपरले स्कुल बसलाई ठक्कर दियो । अनी त्यही को १ ख ५३०० नम्बरको टिपर चालकले को १ क २७१० नम्बरको नम्बरको स्कुल बसलाई रोक्यो गाडीबाट ओर्लिएर बसका चालकलाई मुक्काले मुखमा हान्यो । यसरी हानेपछि बिद्यार्थीहरु छक्क परे । अनी ति स्कुल बसका चालक बसबाट झरे र गाडीमा भएको रड निकाले ती टिपर चालकलाई हातमा हानेपछि एकाएक स्थिती असामान्य बन्यो ।अनी ति बसका चालकले टिपरको सिसा फुटाई दिएपछि घटना थप उग्र बनेको थियो । त्यहाँका केही रमितेहरुले घटनालाई थप मलजल गरेर उकास्ने र लडाउने खालको भुमिका खेलेको पनि देखियो । टिपरका चालकको दाहिने हातमा चोट लागेको प्रहरीले जनाएको छ भने बसका चालकको मुखमा गम्भीर चोट लागेको छ । 

Image may contain: one or more people, people standing, crowd and outdoor

आक्रमक रुपमा मनपरी टिपर चलाउने, दायाँबायाँका कुनै सवारीलाई साईड नदिने टिपर चालकको प्रबृतीका कारण घटनाहरु बढ्दै जान थालेको छ । आज बिहान भएको घटनाले मात्र पनि के देखाउँछ भने चालकहरुको अराजकताको कारण आफै अप्ठेरोमा परेको देखिएको छ । एकले अर्कोको अस्तित्व स्वीकार गर्न नसक्नुले दुबैले क्षती ब्यहोरेका छन् ।विराटनगरमा स्कुल बस र टिपरले गर्दा सामान्य ब्यक्तिहरुले प्रसस्तै दुःख पाउँदै आएका छन् । बुढीगंगा गाउँपालिका नेमुवामा रहेको स्मृती बोर्डिङ स्कुलको गाडीमा विराटनगरमा रहेको कान्तिपुर कलेजका बिद्यार्थी लिएर आएको बसलाई लक्षित गरी टिपरले ठक्कर दिएको थियो । बिराटनगरका स्कुल बसहरुले अत्याधिक गतिमा चलाउने गरेको पाईएको छ ।पछिल्ला केही दिनमा स्कुल बस तथा टिपरको ठक्करबाट धेरै घाईते भएका छन् भने कतिपयले ज्यानै गुमाएका छन् । यस्ता घटना न्युनिकरणको लागि टिपरका चालक र स्कुल बसका चालकलाई राखेर सचेतना दिन जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट पनि कन्जुस्याई भएको स्थानीय बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤