वीरगञ्ज-३ बस्ने ४८ वर्षीय मुख्तार मियाको लास फेला परेको छ

  • पुस २३, २०७८
  • ८९७ पटक पढिएको
  • आशिक हुसैन शेख
alt

सिरहा टाइम डेस्क-

भारत कलकत्ता घर भई वीरगञ्ज-३ बस्ने ४८ वर्षीय मुख्तार मियाको लास फेला परेको हो । मियाले चार महिनादेखि वीरगञ्जमा इलेक्ट्रिक रिक्सा चलाउँदै आएका थिए । नारायणी बयोधा अस्पतालको पछाडि वीरगञ्ज–२३ इटिहायीस्थित कुलोमा बिहीबार अपरान्ह मियाको लास फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालका अनुसार कुलोमा घोप्टो परेको अवस्थामा उनको लास भेटिएको हो । स्थानीयले लास देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयले पहिचान गर्न नसकेपछि प्रहरीले घटनास्थलको निरीक्षण गरी मुचुल्का गरेर पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाएको थियो । पछि मात्रै उनको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

 

ई–रिक्सा चलाउनु अघि उनी छाला उद्योगमा मजदुरी गर्थे । उनी बुधबार ६ बजेदेखि नै ई–रिक्सा सहित हराएका थिए । टाउकोमा चोट लागेको र घटनास्थल वरपर रगतको टाटा देखिएकाले कर्तव्य गरी मारेको हुन सक्ने आशंका प्रहरीले गरेको छ । प्रहरी नायब उपरीक्षक खनालले पोष्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने बताए ।

 

‘लास भेटिएको स्थानको वरपर घर छैन, एकदमै एकान्त स्थान छ,’ उनले भने ‘टाउकोमा चोट लागेको र घटनास्थल वरपर र गतको टाटा देखिएको छ । कर्तव्य गरेर पनि मारेको पनि हुन सक्छ ।’ घटनाबारे थप अनसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

मकवानपुरमा भारतीय सु ...

ओम प्रकाश यादव लहान भदौ ८ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त ...

जसपा नेपालको भूमि वि ...

ओम प्रकाश यादव लहान भदौ ७ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) ले सरका ...

मिथिला सामुदायिक सिक ...

ओम प्रकाश यादव लहान, ७ भदौ। सिरहा जिल्लाको लहान नगरपालिका–२३ गाढास्थित मिथिला सामुदायिक सिकाई ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१