ताजा समाचार

रेडियो समग्रले आठौ वार्षिक उत्सव मनाए

  • असोज ६, २०७५
  • १२३५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

फिरोज शेख लहान २०७५ असोज ६| समग्र जान उत्थान केन्द्र लहान द्वारा संचालित सामुदायिक रेडियो समग्र एफ एम १०७ मेगाहर्जले हिजो आफ्नो आठौ वार्षिक उत्सव मनाएका छन। रेडियो समग्रका अध्यक्ष भैरव प्रशाद गेलालको अध्यक्षता तथा प्रदेश २ सिरहा क्षेत्र नम्बर १ को ( क ) बाट निर्वाचित प्रदेश सभा सदस्य लगन लाल चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न आठौ वार्षिक उत्सवमा समाजसेवी अशाेक अमात्य , रेडियो कर्मी मदन मण्डल र गीतकार तथा सङ्गीतकार सुर्यनारायण सम्मानित भएका छन। मानवअधिकार ,शान्ति र विकाशका लागि साझा सवालका लागि साझा आवाज भन्ने मूल नारा सहित २०६७ साल विश्व शान्ति दिवसको दिन बाट संचालनमा आएको सामुदायिक रेडियो समग्र एफ एम १०७ मेगाहर्जले कार्यक्रमा रेडियोमा कार्यरत कर्मचारीहरु लाई प्रशंसा पत्र मार्फत सम्मान गरेका छन। कार्यक्रममा शुभकामना राख्दै लगन लाल चौधरीले भन्नु भयो रेडियो जनताको ढुकढुकी र परिवर्तन संबाहक बनि सकेको छ | रेडियोको विकासका लागि तिनै तहका सरकारको सहयोग आवश्यक छ|

यसै बीच कार्यक्रमा नेकपा कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य गंगा प्रसाद यादवले भन्नु भयो रेडियोकर्मी पत्रकारहरुले सत्य तथ्य निर्धक स्वतन्त्र भएर लेख्नुस र बोल्नुस समाजको समृद्धि र विकासका लागि भ्रष्टाचार अन्तय ,विकृति हटाउन आफ्नो भूमिका निर्वाह गर्दै जानुस हाम्रो साथ र सहयोग सदैव रहने छ |

त्यस्तै शुभकामना मन्तव्य राख्ने क्रममा पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष दिनेश्वर प्रसाद गुप्ता , मानव अधिकारकर्मी सुनिल साह , महिला अधिकारकर्मी जिवाछी यादव, पत्रकार जिवछ उदासी रेडियो सरगम ९३ मेगाहर्जका संचालक संचालक फिरोज शेख ,एभरेष्ट कलेज प्रमुख धरणीधर अधिकारि ,लहान ४ का वडा अध्यक्ष राम नाथ पण्डित ,लहान ६ का वडाध्यक्ष अरुण केसी लगायतले शुभकामना दिदै परिवर्तित सन्दर्भमा स्थानीय भाषा संस्कृतिको महिमा उजागर गर्दै समाजिक विकृति हटाउन भमिका खेल्नु पर्ने कुरामा जोड दिनु भएको थियो |

कार्यक्रमा विभिन्न संघ संस्थाका प्रतिनिधि , जनप्रतिनिधि , मानवाधिकारकर्मी ,संचारकर्मी , प्रहरी प्रशासन ,स्रोता लगायतको उपस्थिति रहेको थियो । आठौ वार्षिक उत्सवको अवसरमा रेडियोमा कार्यरत रेडियोकर्मीहरुले विभिन्न संस्कृतिक कार्यक्रम , जनचेतना मुलक नाटक प्रस्तुत गरेका थिए। भने कार्यक्रमको संचालन रेडियोकर्मी राम भरोसी महतोले गर्नु भएको थियो।

Image may contain: one or more people

Image may contain: 1 person

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤