ताजा समाचार

पशुपति माविमा तालाबन्दी, स्टलमा कमिशन खेल

  • असोज ४, २०७५
  • ८६० पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, ३ असोज । पशुपति आदर्श उच्च मावि लहान ७ मा स्थानीय व्यापारीहरुले आज तालाबन्दी गरेको छ । विद्यालयको प्रागंनमा व्यावसायी उदेश्यले स्टल निर्माण गर्ने भन्दै ५५ जना व्यापारीहरुबाट १ करोड २५ लाख प्रधानाध्यापक प्रमेश्वर रायले रकम लिएर पनि स्टल उपलब्ध नगराएको कारण आज विद्यालयमा तालाबन्दी गरिएको छ । २०६९ असार साउन महिनामा ब्यापारीहरुबाट प्रति स्टल १ लाखदेखि ५ लाखसम्म रकम उठाएर प्रअ रायले चलाएको छ । हामीलाई लामो समयसम्म स्टल उपलब्ध नगराएकोले पैसा फिर्ता समेत नदिएको कारण तालाबन्दी गर्न बाध्य भए व्यापारी गिरिराज रौनियारले बताउंछन् । रकम लिएको ६ बर्ष भएपनि हालसम्म स्टल निर्माण नभएकोले व्यापारीहरु एडभान्स रकम पटक पटक फिर्ता माग गर्दा नदिएपछि आक्रोशित व्यापारीहरुले आज तालाबन्दी गरेको छ । विद्यालयले ४० वटा स्टल बनाउंने योजना बनाएको थियो । तर, प्रअ रायले ५९ व्यापारीसंग एडभान्स रकम लिएका थिए । जसमा तीन जनाको रकम फिर्ता गरेको छ । प्रअ रायले व्यापारीहरुबाट उठेको रकम दक्षिणतर्फ निर्माण भएको स्टलमा ५६ लाख, सांसद पद्मनारायण चौधरीबाट सापटी रकम फिर्ता २ लाख, डा.महादेवबाट सापटी रकम फिर्ता ५ लाख, शिक्षक, कर्मचारी, पिसिएफ शिक्षकको लागि तलब भत्ता, साइन्स ल्याब, ब्लोक निर्माण मर्मतगरी ५२ लाख खर्च भएको दावी गरिएको छ । व्यापारीहरुबाट प्रअ रायले करिब दश जनासंग नगद रकम बुझेका छन् । उता, महेश गुप्ता, विजयकुमार दास, रामसेवक महतो, महेश्वर साह, मो. जसिमलगायत अधिकांशले बैंकमार्फत रकम बुझाएको छ । पशुपति माविलाई आफ्नै आय स्रोत राम्रो रहेको छ । तर, विद्यालयको दक्षिणतर्फ निर्माण गरिएको २० स्टल—सटरमा व्यापक अनियमिता भइरहेको छ । सो स्टलबाट भाडा रकम पनि नियमित नउठेको र उठेपनि आन्तरिक कमिशनको खेल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤