पशुपति माविमा तालाबन्दी, स्टलमा कमिशन खेल

  • असोज ४, २०७५
  • ६८० पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, ३ असोज । पशुपति आदर्श उच्च मावि लहान ७ मा स्थानीय व्यापारीहरुले आज तालाबन्दी गरेको छ । विद्यालयको प्रागंनमा व्यावसायी उदेश्यले स्टल निर्माण गर्ने भन्दै ५५ जना व्यापारीहरुबाट १ करोड २५ लाख प्रधानाध्यापक प्रमेश्वर रायले रकम लिएर पनि स्टल उपलब्ध नगराएको कारण आज विद्यालयमा तालाबन्दी गरिएको छ । २०६९ असार साउन महिनामा ब्यापारीहरुबाट प्रति स्टल १ लाखदेखि ५ लाखसम्म रकम उठाएर प्रअ रायले चलाएको छ । हामीलाई लामो समयसम्म स्टल उपलब्ध नगराएकोले पैसा फिर्ता समेत नदिएको कारण तालाबन्दी गर्न बाध्य भए व्यापारी गिरिराज रौनियारले बताउंछन् । रकम लिएको ६ बर्ष भएपनि हालसम्म स्टल निर्माण नभएकोले व्यापारीहरु एडभान्स रकम पटक पटक फिर्ता माग गर्दा नदिएपछि आक्रोशित व्यापारीहरुले आज तालाबन्दी गरेको छ । विद्यालयले ४० वटा स्टल बनाउंने योजना बनाएको थियो । तर, प्रअ रायले ५९ व्यापारीसंग एडभान्स रकम लिएका थिए । जसमा तीन जनाको रकम फिर्ता गरेको छ । प्रअ रायले व्यापारीहरुबाट उठेको रकम दक्षिणतर्फ निर्माण भएको स्टलमा ५६ लाख, सांसद पद्मनारायण चौधरीबाट सापटी रकम फिर्ता २ लाख, डा.महादेवबाट सापटी रकम फिर्ता ५ लाख, शिक्षक, कर्मचारी, पिसिएफ शिक्षकको लागि तलब भत्ता, साइन्स ल्याब, ब्लोक निर्माण मर्मतगरी ५२ लाख खर्च भएको दावी गरिएको छ । व्यापारीहरुबाट प्रअ रायले करिब दश जनासंग नगद रकम बुझेका छन् । उता, महेश गुप्ता, विजयकुमार दास, रामसेवक महतो, महेश्वर साह, मो. जसिमलगायत अधिकांशले बैंकमार्फत रकम बुझाएको छ । पशुपति माविलाई आफ्नै आय स्रोत राम्रो रहेको छ । तर, विद्यालयको दक्षिणतर्फ निर्माण गरिएको २० स्टल—सटरमा व्यापक अनियमिता भइरहेको छ । सो स्टलबाट भाडा रकम पनि नियमित नउठेको र उठेपनि आन्तरिक कमिशनको खेल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

किर्ते जालसाजी मुद्द ...

रहमुल लहान  वैशाख ८।सिरहाको  नवराजपुर गाउँपालिका वडा नं. २ का  पूर्व निर्वाचित वडा अध ...

शिक्षा बन्द, सरकार च ...

दिलीप कुमार यादव सप्तरी रुपनी, वैशाख ७। देशमा शिक्षाको संकट झनै भयावह बन्दै गएको छ । सरकार मन्त्रीहर ...

प्रादेशिक अस्पताल सि ...

    नरेशचन्द्र बरबरिया सिरहा बैशाख  ६ । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१