ताजा समाचार

तेस्रो चरणको आन्दोलनको घोषणा : नगरपालिकाद्धारा वार्ताको लागि आह्वान

  • भदौ २९, २०७५
  • ९७६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, २९ भदौ । सर्वपक्षिय संयुक्त संघर्ष समितिले मिर्चैया नगरपालिका विरुद्ध तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । नगरपालिकाले आफुहरुको माँगलाई अटेर गरेको भन्दै समितिले भदौ ३० गतेदेखि असोज ९ गतेसम्म १० दिने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । नगरपालिकाले बृद्धि गरेको राजस्व, मालपोत कर, एकिकृत सम्पति कर, घर बहाल कर लगायतका दस्तुर फिर्ताको माँग गर्दै दुई चरणको आन्दोलन गरेपनी नगरपालिकाले माँग सम्बोधन गर्न बेवास्ता गरेकोले तेस्रो चरणको आन्दोलनको घोषणा गर्न बाध्य भएको समितिको भनाई रहेको छ । 
विहिबार बसेको समितिको बैठकले भदौ ३० गते माँग सम्बोधन गर्न ४८ घण्टे अल्मिेटम दिने, ३१ गते माँगको सम्बन्धमा प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्बय समितिका अध्यक्ष र जिल्ला प्रहरी प्रमुखहरुलाई जानकारी गराइने  लगायतका आन्दोलनका कार्यक्रम तय गरेका छन् । असोज १ गते विश्वकर्मा पुजा परेकोले आन्दोलनको कार्यक्रम एक दिनको लागि स्थगित गरिएको छ । त्यसैगरी असोज २ गते धुर्मी बजारमा सम्बोधन, ३ गते सर्बपक्षिय संयुक्त समितिको बैठक बस्ने, ४ गते बाख्रा बजारमा सम्बोधन, ५ गते मनहर्बा बजारमा सम्बोधन, ६ गते मिर्चैया बजारमा सम्बोधन, ७ गते सिक्रौन बजारमा सम्बोधन, ८ गते मिर्चैयामा मशाल जुलुस र ९ गते बजार बन्द गरी मिर्चैया नगरपालिकाको कार्यालय घेराउको कार्यक्रम घोषणा गरेका छन् । 
 

नगरपालिकाद्धारा वार्ताका लागि आहवान

मिर्चैया नगरपालिकाले पुनः सार्वजनिक सुचना जारी गरी आन्दोलनरत पक्षलाई बार्तामा बस्न आहवान गरेका छन् । नगरपालिकाले विहिबार सुचना जारी गरी असोज १ गते बार्तामा बस्न आन्दोलनरत पक्षलाई आहबान गरेको नगरपालिकाले जारी गरिएको सुचनामा उल्लेख रहेको छ । नगरपालिकाको चिठीलाई साकारात्मक रुपमा लिएको बार्ता समितिका संयोजक अशोक कुमार साहले बताए । नगरपालिकाले निर्धारण गरेको समयमा आफुहरु बार्तामा बस्ने संयोजक साहले प्रतिक्रिया दिएका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤