कल्याणपुर नगरपालिकामा आकर्षक कुस्ती: प्रथम हुनेलाई गदा पुरस्कार

  • मंसिर २४, २०७८
  • १२११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २४ मंसिर - सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ११स्थित ग्रामीण बजारमा रामजानकी बिवाह पंचमीको अवसर पारेर कुशस्तीको आयोजना गरेको छ्। प्रत्येक बर्ष उक्त स्थानमा बिवाह पंचमीको दिन ठुलो मेला लाग्ने गरेको छ्। समुदायलाई आकर्षकको लागी जसपा नेपालका नेता तथा प्रदेश कमिटी सदस्य किशोरी यादवले ब्यक्ती गतलगानीमा ग्रामीण बजारमा ठुलो कुशस्तीको आयोजना गरेको छ। सदियौ देखी उक्त बजारमा ठुलो मेला लाग्ने गरेको छ।

Open photo

सम्बन्धित वडाका वडा अध्यक्ष राजेश्वर यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने जसपा नेपालका वरिष्ठ नेता प्रदेश कमिटी सदस्य किशोरी यादव कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो।प्रमुख अतिथि यादवले रिवन काटेर कुशस्तीको उदघाटन गरेका थिए। प्रमुख अतिथि यादवका अनुसार हाम्रो पुर्वहरुले पहिला कुशस्ती खेलेर रमाउने गरेका थिए। कुशस्ती भनेको जुँगाको लडाइँ पनि हो।अहिले लोप हुँदै गएको पहलमानीको आयोजना गर्दा कुशस्ती हेर्न गाउँलेहरुको भिड लाग्ने गरेको छ् ।कुशस्ती शारीरिक रूपले शरीरको लागि राम्रो हुने भएकोले लोप हुन् लागेको कुशस्ती पुनः ब्यक्तीहरुले कुस्तीमा जोड दिएका प्रमुख अतिथि किशोरी यादवले जानकारी दिनु भयो।

Open photo

कुशस्ती खेलन नेपालका बिरगंज,नवलपरासी,भारतको जामुकस्मिर,हरियाना,पंजाव,दिल्ली,बनारस लगायतका ख्याति प्राप्त पहलमानहरुको कुशस्ती हुने भएको छ्। मंसिर २३ गते बाट सुरु भएको कुशस्ती मंसिर २६ गते सम्म चल्ने भएको छ्। ख्याती प्राप्त नवलपरासीका कासी पहलमान लगायत सयौं पहलमानहरु कुशस्ती कार्यक्रममा सहभागीता रहने भएको छ। कल्याणपुर नगरपालिकाका वडा नम्बर ३ का अध्यक्ष अशोक मंडल, वडा नम्बर ८ का अध्यक्ष राजेन्द्र साह ,वडा नम्बर १० का अध्यक्ष धनबिर मंण्डल,वडा नम्बर ११ का अध्यक्ष राजेश्वर यादव स्थानीय युवा चर्चित नेता प्रमेश्वर साहको पहलमानी गराउनमा विशेष जोड रहेको थियोे ।

Open photo

गाउँपालिकाको चर्चित प्रभावशाली युवा नेता कुशेश्वर साह पजियारको समेत कार्यक्रममा उपस्थिति रहेको थियो।उक्त कुशस्तीमा प्रथम हुने पहलमानलाई सुनमिसावट भएको हलुमान्जीको गदा र दोश्रो हुने पहलमानलाई आयोजकको निर्णय अनुसार पुस्कार वितरण गर्ने आयोजकले जानकारी दिनु भयो।जसपा पार्टीका वडा नम्बर ६ का जुझारु युवा नेता कुशेश्वर साह पजियार, वडा सदस्य झबु मिया, नेपाली काङ्ग्रेसका युवा नेता तथा गाउँ कमिटीका उपाध्यक्ष अशोक कुमार सिंहले जानकारी दिनु भयो।

Open photo

प्रतिक्रिया दिनुहोस

लहानमा ४० विद्यालय भ ...

ओम प्रकाश यादव लहान, ७ चैत । वाइल्ड'एन नेपालले मधेश प्रदेशभरि ४० वटा आधारभूत विद्यालय भवन निर्माण गर ...

किशोरीमाथि भएका जघन् ...

ओम प्रकाश यादव लहान चैत ७ । मधेश प्रदेशसहित देशका विभिन्न स्थानमा किशोरीमाथि भइरहेका जघन्य अपरा ...

कार्यालयमै लापरबाही: ...

रहमुल, ६ चैत । सप्तरीको बलान विहुल गाउँपालिकामा गरिएको आकस्मिक (छड्के) अनुगमनले कर्मचारी अनुशासनको ग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१