ताजा समाचार

माँग सम्बोधन नगरेको भन्दै मिर्चैया नगरपालिका विरुद्ध आन्दोलनको घोषणा

  • भदौ १७, २०७५
  • १०४० पटक पढिएको
  • राम नारायण पण्डित
alt

सिरहा, १७ भदौ । मिर्चैैैया नगरपालिकाले माँग सम्बोधन नगरेको भन्दै सर्वपक्षिय संयुक्त संघर्ष समितिले चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् । आज (आइतवार) बसेको समितिको बैठकले साउन २९ गते कर बृद्धि फिर्ता लगायत बिभिन्न ८ बुँदे माँग राख्दै बुझाईएको ज्ञापनपत्रलाई नगरपालिकाले वेवास्ता गरेकोले ९ दिने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । ज्ञापन–पत्र बुझ्दै नगरपालिकाका मेयर श्रवण कुमार यादबले १५ दिन भित्र माँग सम्बोधन गर्ने मैखिक प्रतिवद्धता गरेपनि उक्त समय भित्र कुनै किसिमको सम्बादको बाताबरण सिर्जना नगरेको भन्दै समितिले भदौ १९ गतेदेखि २७ गतेसम्म चरणबद्ध रुपमा आन्दोलनको घोषणा गरेका छन् ।

आन्दोलन अन्तर्गत भदौ १९ गते नगरमा बिरोध र्याली तथा कोणसभा, २० गते नगरपालिकाको मुलगेटमा धर्ना, २१ गते बडा नं. १ र २, २२ गते बडा नं. ३ र १२ को कार्यालय अगाडि धर्ना दिने कार्यक्रम घोषण गरेका छन् । त्यसैगरी भदौ २३ गते मिर्चैया गुदरी बजारमा बिरोध सभा, २४ गते बडा नं. ४, ५ र ६, २५ गते बडा नं. ७ र ८, २६ गते बडा नं. ९, २७ गते बडा नं. १० र ११ को कार्यालय अगाडी धर्ना दिने कार्यक्रम तय गरेका छन् ।

ज्ञातव्य, नगरपालिकाले कर, शुल्क र राजस्व अत्याधिक वृद्धि गरेर नगरवासीको ढाड सेक्नमा लागेको आरोप लगाउँदै स्थानिय राजनितिक दल, उद्योग बाणिज्य संघ, नागरिक समाज सम्मिलित सर्वपक्षिय संयुक्त संघर्ष समितिको टोलीले साउन २९ गते हाल नगरपालिका लिईरहेको नयाँ कर, शुल्क र राजस्व पूर्ण रुपमा स्थगित हुनुपर्ने, पुरानो कर पनि संशोधन पश्चात मात्र लागु गर्नुपर्ने, आ.व. २०७४÷०७५ को वडा र नगर स्तरीय योजनाहरुको लागत ईष्टिमेट सहित मुल्यांकन विवरण उपलब्ध गराउनु पर्ने, विभिन्न निकायबाट नगरपालिकामा दाखिला भएको आम्दानीको विवरण उपलब्ध गराउनु पर्ने, कोटेशन र सडक बोर्डको कार्यको विवरण उपलब्ध गराउनु पर्ने, आन्तरिक कोषबाट नियुक्ति गरिएका कर्मचारीको विवरण उपलब्ध गराउनु पर्ने, घटना दर्ता, मृत्यू दर्ता, विबाह दर्ता, बसाईसराइ निःशुल्क हुनुपर्ने र विभिन्न शिर्षकमा वडा र नपामा खरिद भएका समाग्रीहरुको भुक्तानीको विवरण उपलब्ध गराउनु पर्ने माँग राख्दै मेयर यादबलाई ज्ञापन–पत्र बुझाएका थिए ।

घोषित आन्दोलनले समेत माँग पुरा नगरे बडा आन्दोलनमा जान बाध्य हुने समेत समितिले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤