माँग सम्बोधन नगरेको भन्दै मिर्चैया नगरपालिका विरुद्ध आन्दोलनको घोषणा

  • भदौ १७, २०७५
  • ८५८ पटक पढिएको
  • राम नारायण पण्डित
alt

सिरहा, १७ भदौ । मिर्चैैैया नगरपालिकाले माँग सम्बोधन नगरेको भन्दै सर्वपक्षिय संयुक्त संघर्ष समितिले चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् । आज (आइतवार) बसेको समितिको बैठकले साउन २९ गते कर बृद्धि फिर्ता लगायत बिभिन्न ८ बुँदे माँग राख्दै बुझाईएको ज्ञापनपत्रलाई नगरपालिकाले वेवास्ता गरेकोले ९ दिने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । ज्ञापन–पत्र बुझ्दै नगरपालिकाका मेयर श्रवण कुमार यादबले १५ दिन भित्र माँग सम्बोधन गर्ने मैखिक प्रतिवद्धता गरेपनि उक्त समय भित्र कुनै किसिमको सम्बादको बाताबरण सिर्जना नगरेको भन्दै समितिले भदौ १९ गतेदेखि २७ गतेसम्म चरणबद्ध रुपमा आन्दोलनको घोषणा गरेका छन् ।

आन्दोलन अन्तर्गत भदौ १९ गते नगरमा बिरोध र्याली तथा कोणसभा, २० गते नगरपालिकाको मुलगेटमा धर्ना, २१ गते बडा नं. १ र २, २२ गते बडा नं. ३ र १२ को कार्यालय अगाडि धर्ना दिने कार्यक्रम घोषण गरेका छन् । त्यसैगरी भदौ २३ गते मिर्चैया गुदरी बजारमा बिरोध सभा, २४ गते बडा नं. ४, ५ र ६, २५ गते बडा नं. ७ र ८, २६ गते बडा नं. ९, २७ गते बडा नं. १० र ११ को कार्यालय अगाडी धर्ना दिने कार्यक्रम तय गरेका छन् ।

ज्ञातव्य, नगरपालिकाले कर, शुल्क र राजस्व अत्याधिक वृद्धि गरेर नगरवासीको ढाड सेक्नमा लागेको आरोप लगाउँदै स्थानिय राजनितिक दल, उद्योग बाणिज्य संघ, नागरिक समाज सम्मिलित सर्वपक्षिय संयुक्त संघर्ष समितिको टोलीले साउन २९ गते हाल नगरपालिका लिईरहेको नयाँ कर, शुल्क र राजस्व पूर्ण रुपमा स्थगित हुनुपर्ने, पुरानो कर पनि संशोधन पश्चात मात्र लागु गर्नुपर्ने, आ.व. २०७४÷०७५ को वडा र नगर स्तरीय योजनाहरुको लागत ईष्टिमेट सहित मुल्यांकन विवरण उपलब्ध गराउनु पर्ने, विभिन्न निकायबाट नगरपालिकामा दाखिला भएको आम्दानीको विवरण उपलब्ध गराउनु पर्ने, कोटेशन र सडक बोर्डको कार्यको विवरण उपलब्ध गराउनु पर्ने, आन्तरिक कोषबाट नियुक्ति गरिएका कर्मचारीको विवरण उपलब्ध गराउनु पर्ने, घटना दर्ता, मृत्यू दर्ता, विबाह दर्ता, बसाईसराइ निःशुल्क हुनुपर्ने र विभिन्न शिर्षकमा वडा र नपामा खरिद भएका समाग्रीहरुको भुक्तानीको विवरण उपलब्ध गराउनु पर्ने माँग राख्दै मेयर यादबलाई ज्ञापन–पत्र बुझाएका थिए ।

घोषित आन्दोलनले समेत माँग पुरा नगरे बडा आन्दोलनमा जान बाध्य हुने समेत समितिले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

किर्ते जालसाजी मुद्द ...

रहमुल लहान  वैशाख ८।सिरहाको  नवराजपुर गाउँपालिका वडा नं. २ का  पूर्व निर्वाचित वडा अध ...

शिक्षा बन्द, सरकार च ...

दिलीप कुमार यादव सप्तरी रुपनी, वैशाख ७। देशमा शिक्षाको संकट झनै भयावह बन्दै गएको छ । सरकार मन्त्रीहर ...

प्रादेशिक अस्पताल सि ...

    नरेशचन्द्र बरबरिया सिरहा बैशाख  ६ । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१