ताजा समाचार

जय गोविन्द साहको नाममा पुस्तकालय स्थापना

  • भदौ १६, २०७५
  • १४४२ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, १५ भदौ । सिरहाको धनगढीमाई नगरपालिकाले आज कम्युनिस्ट आन्दोलनको मुर्धन्य व्यक्तित्व जय गोबिन्द साहको नाममा ई पुस्तकालय संचालनमा ल्याएको छ । ११ औ पुस्तकालय दिवसको अवसर पारेर उक्त ई लाईब्रेरी आजदेखि सञ्चालनमा ल्याएको हो । कम्युनिस्ट आन्दोलनको मुर्धन्य व्यक्तित्व जय गोबिन्द साहको नाममा जय गोबिन्द साह स्मृति पुस्तकालय नाम राखिएको सो पुस्तकालय सिरहा जिल्लाकै पहिलो ई लाईब्रेरी पुस्तकालय हो । धनगढीमाई नगरपालिकाको वडा न ९ स्थित पुस्तकालयको उदघाटन गर्दै नगर प्रमुख हरिनारायण चौधरीले पुस्तकालयले पठनीय संस्कृतिको विकास गर्नुका साथै पुस्तक अध्ययनबाट प्राप्त ज्ञानबाट समाजको रुपान्तरणको निम्ति सदुपयोग हुने बताउनु भयो । पुस्तकालयमा दर्शन, साहित्य, विज्ञान, कला लगायतका विभिन्न बिषयका १३२ वटा पुस्तक र ३ वटा कम्प्युटर रहेको छ । पाठकको माग अनुसार आगामी दिनमा क्रमशः पुस्तक र कम्प्युटर थप्दै जाने नगरपालिकाले जनाएको छ । पुस्तकालयले आगामी दिनमा शिक्षा , राजनीतिक ,संस्कृति लगायतका बिबिध बिषयमा नियमित रुपमा छलफल कार्यक्रमको केन्द्रविन्दुको रुपमा विकास गरिने समेत नगरपालिकाका प्रवक्ता प्रकाश योन्जनले जानकारी दिनुभयो । लामो गन्थन र मन्थन पश्चात् आखिर जयगोविन्द साहले पुस्तकको रूपमा आकार ग्रहणगरि छाडे । धेरै नै पहिले यसको प्रयास भएको थियो जतिबेला क. निर्मल लामा ज्यूदै थिए तर भूमिका लेख्न दिइएको पाण्डुलिपी नै दुर्भाग्यवस हरायो । तर पनि प्रगतिशील साहित्यिक चिन्तक डि. आर. पोखरेलले हार मानेनन् । निरन्तर अध्ययन अनुसन्धानमा लागिरहे, जसले आज मूर्त रूप धारण गरेको छ । मैले “सिरहाके ईतिहास“ लेख्दा उनको व्यक्तित्वलाई सकेसम्म निखार्ने प्रयास गरिएको छ । तर यो पुस्तक त उनको जीवन गाथा हो । नेपाली वाम आन्दोलन मूलतः सिरहाली शोषित पीडित किसानका धरोहर हो । पुस्तक पढदा लाग्छ लेखकले आफ्नो सम्पूर्ण साहित्यिक र राजनीतिक चिन्तन र विद्वतालाई लिपिबद्ध गर्नमा कुनै कसर बांकी राखेका छैनन् । डेढ सय पृष्टको यो अनमोल निधिको भूमिका नेपाली कम्युनिष्ट आन्दोलनका सशक्त र एतिहासिक हस्ताक्षर मोहनविक्रम सिंहले लेख्नु भएको छ । तर यसको विमोचन यही भाद्र १६ गते गोलबजारको अतिथि सदनमा शिक्षामन्त्री गिरिराजमणी पोखरेलबाट हुनु थियो । तर केही कारणबस हुन सकेन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤