ताजा समाचार

‘बेटी बचाउ,बेटी पढाउ’का एम्बेस्डर भन्छीन्—‘बालविवाहको कारण केटी पाउंन समस्या’

  • भदौ १३, २०७५
  • ११६२ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, १२ भदौ । भारतको सोमनाथबाट काठमाण्डौको लागि साईकल यात्रामा निस्किएकी सुनिता सिंह चोकेन लहान आईपुग्दा ‘हरियणा,राजस्थान, पंजाब जस्तो प्रान्तमा बालविवाहको कारण यत्तिबेला केटाले केटी पाउंन समस्या भएको छ ।’ ‘भारतको बेस्टबंगाल, राजस्थानलगायतको प्रान्तमा आज पनि बालविवाह यथावतै छ ।’ ‘यसको विरोधमा म यो साईकल यात्रामा लागेको छु ।’ ‘अहिले हरियणा , पंजाबमा यस्तो वालविवाह समाप्त भएको छ ।’ उनी बताइन् । भारतको सोमनाथदेखि काठमाण्डौसम्म ५ हजार किलो मिटर यात्रामा निस्किएकी चोकेन भारत सरकारको ‘बेटी बचाउ,बेटी पढाउ’ कार्यक्रमका एम्बेस्डर हुन् । महिला सशक्तिकरणका लागि नेपाल भारतमा ‘महिला हिंसा, दाइजो उन्मुलन, बालविवाह, बोक्सी प्रथा, छुवाछुत निर्मुल गर्न यो साईकल यात्रामा लागेका छन् । ‘महिला सुरक्षित, समाज सुरक्षित’ नारा दिंदै चोकेन यात्रामा लागेकी छीन् । बेटी बचाउ, बेटी पढाउ कार्यक्रमले दलित गरिबलाई विद्यालयसम्म पुरयाउंन शसक्त आधार तयार बनिरहेको भन्दै चोकेनले ‘यहां पनि बेटी बचाउ, बेटी पढाउ अभियान चलिरहेको छ । यो अभियानका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसंग भेट्न इच्छा जागेको उनी बताइन् । आज विहान इटहरीबाट लहान आइपुगेकी पत्रकार भेटघाटमा ‘स्वच्छ वातावरणको लागि रुख रोपौ’ भन्दै चोकेनले ‘सबैले वृक्षारोपण गर्नुपर्छ । ’ ‘वृक्षारोपणको समय हुन्छ ।’ ‘म जुलाई अगस्तमे जहां जान्छु, त्यही वृक्षारोपण गर्छु ।’ ‘तर, मैले लगाएको वृक्ष सबै जिवित छ ।’ ‘यसको लागि समय समयमा फ्लोअप गरिरहेको छु ।’ ‘मेरो लगाएको वृक्ष मरियो भने अर्थहीन हुन्छ । ’ उनी अहिलेसम्म ७ हजार वृक्षारोपण गरेको पत्रकार भेटघाटमा सार्वजनिक गरेको छ । सानैदेखि एभरेष्ट चढ्ने सपना बोकेकी सुनिता चोकेनले २०११ मा इच्छा पुरा गरेकी छीन् । भारत सरकारले चोकेनलाई २०१२ मा डोफर अवार्ड, २०१३ मा भारत गौरब, २०१६ मा नारी शक्ति, २०१८ मा कल्पना चावला अवार्डले सम्मानित गरेका छन् । चोकेन एक्लै यस अभियानमा लागेकी छीन् । उनी भन्छीन् —‘मेरा अभिभावक एक्लै हिड्न दिंदैन, ‘म झुठ बोलेर निस्किन्छु ।’ तर, पता त लागि हाल्छ । ’ ‘अनि म अभिभावकको अगाडि रुन थाल्छु ।’ ‘मै सामाजिक रुपान्तरण कर के रहुंगा ’ ‘फिर मेरा रास्ता खुला होता है ।’ चोकेन यस्ता कैयन यात्राहरु गरेका छन् । भारतमा कन्याकुमारीदेखि खरस्डुला (काश्मिर) जस्ता साईकल यात्रा गरिसकेका छन् । चोकेनलाई नेपालमा रोटरी क्लबले सहयोग गर्दै आएपनि लहानमा मेरी चिल्ड्रेन बोर्डिग स्कूलका प्रिसिंपल पाण्डव हमालले सहजिकरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤