Siraha Times
ताजा समाचार

चमार समुदायलाई डिहिवारमा प्रवेश गर्न रोक, दलित अधिकारमाथी प्रहार

  • मंसिर १८, २०७८
  • २४८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक) लहान, १७ मंसिर । कानुनी राज्यको उपहास गरी सिरहाको लहान १८ शोभापुर स्थित रहेको खुदीबखारी डिहिवार थानमा चमार समुदायलाई पूजापाठ गर्न रोक लगाएको छ । स्थानीय चमार समुदायले मंसिर १३ गते आफ्नो धर्म संस्कृतिको आधारमा डिहिवार थानमा पूजा गर्न जाँदा थारु समुदायका केही व्यक्तिले तालाबन्दी गरी पूजाअर्चना गर्न रोक लगाएको हो । सार्वजनिक स्थलमा साझा मन्दिरमा पूजाअर्चना गर्न सबैको कानुनी अधिकार रहेको भन्दै ताला खोलिदिन आग्रह गर्दा समेत उल्टो छुवाछुतको आधार देखाएर पुजारी नारायण चौधरीले हप्काएर पठाएको आरोप छ ।

थारु समुदायले आफुहरु पुजाअर्चना गरी मन्दिरमा ताला लगाइदिने गरेको छ । चमारलगायत दलित समुदायलाई मन्दिरभित्र प्रवेश गर्न नदिएपछि पूजाअर्चनाको लागि तयार गरिएको समाग्री त्यही कम्पाउण्डमा राखेर फर्किएका छन् । धर्मसंस्कृति, रितिरिवाज, परम्परामाथी प्रहार भएको भन्दै देवलाल रामसमेत चमारपक्षले न्यायको लागि ईलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएका छन् । उनीहरुले पुजारी नारायण चौधरी, चन्द्रनारायण चौधरी, महेश्वर चौधरी, रामानन्द चौधरी, अरुणप्रसाद चौधरीसमेत चौधरी समुदायलाई विपक्षी बनाई प्रहरीमा उजुरी दिएका छन् । उनीहरुले भेदभाव तथा अन्य अपमानजन्य व्यवहार सम्बन्धि कसुर उजुरी लहान प्रहरीमा दिएका छन् । मन्दिरमा पूजा गर्न रोक लगाउँदै मुलुकी अपराध फौजदारी कार्यविधि संहीता ऐन २०७४ को परिच्छेद १० भेदभाव तथा अन्य अपमानजन्य व्यवहार सम्बन्धिको कसुरको दफा १६६ नम्बर बमोजिम प्रहरीमा विपक्षीलाई सजाय दिलाउँन माग गरेको छ ।

लहान प्रहरीका डिएसपी डा.तपन दहालले घटनाको उजुरी आएको छ । दुवैपक्षलाई छलफलमा बोलाएर आवश्यक कारवाही गर्ने तयारी रहेको बताए । दलित अधिकारकर्मीहरुले यस्तै छुवाछुत तथा मन्दिर प्रवेशमा रोक लगाउँदै गएपछि हामी लहानभरीको मन्दिर पूजा अभियान नै चलाउँने बताए ।

प्रतिक्रिया दिनुहोस

सिरहाको गोलबजार ८ मा ...

लहान, साउन १९ । सिरहा जिल्लाको गोलबजार नगरपालिका वडा न. ८ निवासी सोमन राइनले आफ्नो घर, मस्जिद र मदरस ...

सखुवानन्कारकट्टीमा स ...

लहान साउन १८ | सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको आयोजनामा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, शान ...

आन्तरिक मूल्याङ्कन प ...

भैरहवा, साउन १७ । सरकारले प्राथमिक तहमा लागू गरेको आन्तरिक मूल्याङ्कन प्रणालीलाई प्रभावकारी, वस्तुनि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१