Siraha Times
ताजा समाचार

लहान २० का माबी हनुमानगरमा बिवादमा नयाँ बिधालय ब्यबस्थापन समिति गठन

  • मंसिर १८, २०७८
  • ८९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १८ मंसिर- सिरहाको लहान नगर पालिका वडा नम्बर २० स्थित रहेको माध्यमिक बिधालय गौछाडीमा नयाँ बिधालय ब्यबस्थापन समिति गठन गरेको छ। सम्बन्धित वडाका अध्यक्ष गणेश चौधरी र जनप्रतिनिधि हेमन्त यादव,एकीकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा स्थानीय नेता सत्यनारायण यादव र केहि अभिभावक बुद्धिजिबि नागरिक समाज,जिल्ला शिक्षा कार्यालय सिरहाबाट खटीएको प्रतिनिधीको रोहबरमा बसेको बैठकबाट नयाँ समिति गठन गरेको छ्।उक्त बैठकबाट अध्यक्षको पद खाली अर्थात थाती राखेर ४ सदस्य समिति गठन गरेका छन्।बिधालयमा देखिको कमिकमजोरी लाई सुधार गर्न र गुणस्तरीय शिक्षाको प्रत्याभूति गराउन पुरानो समिति बिधटन गरी नयाँ बिधालय ब्यबस्थापन समिति गठन गर्न लागेको बिधालयका प्रधानाद्य्यापक राजेन्द्र प्रसाद यादवले जानकारी दिनु भयो।

Open photo

उक्त अभिभावक भेला गर्दा बिधालयमा बिगत करिब २ बर्ष देखि मान्दै आएका बिधालय ब्यबस्थापन समितिका स्थानीय जितन कुमार साह लगायत कुनै पनि कार्यसमितिका पदाअधिकारीलाई कुनै जानकारी नगराई एकासी मनोपोली तरिकाले एकाअधिकार प्रयोग गरि र लहान नगरपालिकाको शिक्षा सखाबाट अभिभावक भेला तत्काल स्थित गर्न लिखित पत्रको अबहेलना र अपमान गरि बदनियत तरिकाले जोड जबर जस्ती तरिकाले नयाँ समिति गठन गरेको निबर्त्मान अध्यक्ष जितन साहले आरोप लगाएका छन्।नयाँ समिति गठन गर्दा निबर्त्मान अध्यक्ष लगायत कार्यसमिति का सदस्यहरुले उक्त नयाँ समिति आफु नमान्ने स्कुलको हाता भित्र नारा जुलुस गर्दै बिरोधमा उत्रेका थिए।बिधालय ब्यबस्थापन समिति गठन गर्दा शिक्षा ऐन अनुसार कम्तीमा ५१% प्रतिशत अभिभावक भेला अनिवार्य उपस्थिति हुन्नुपर्ने नियमावलीमा उल्लेख गरेको जितन साहले ठहर गरेका थिए।

Open photo

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१