मारुती सिमेन्टको इजाजत रद्द

  • मंसिर १८, २०७८
  • ५४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं।मंसिर१७गते। मारुती सिमेन्टको इजाजत रद्द भएको छ । मापदण्डअनुसार गुणस्तर नपाइएपछि गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्टको इजाजत रद्द गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार गुणस्तरहीन सिमेन्ट बजारमा पठाइएकाले मारुती सिमेन्टको ४३ ग्रेडको सिमेन्टको इजाजत रद्द गरिएको हो । यता मारुतीले सिमेन्टले भने उत्पादन गरेर बजारमा पठाएको सिमेन्ट गुणस्तर रहेको दाबी गर्दै आएको छ । मारुतीले सिमेन्ट गुणस्तर भएको दाबी गरेपनि ओपीसी ४३ ग्रेड ब्याचको सम्पूर्ण सिमेन्ट बजारबाट फिर्ता लिनुपर्ने उनले जानकारी दिए । विगतमा मारुती सिमेन्ट प्रयोग गरिएका विकास निर्माणका काम गुणस्तरहीन देखिन थालेपछि सरकारले अनुगमन तीव्र बनाएको थियो ।अनुगमनका क्रममा उक्त सिमेन्ट गुणस्तरहीन भएको प्रमाण फेला परेको थियो । अब, विभागले नेपाल गुणस्तर (प्रमाणपत्र चिह्न) ऐन–२०३७ तथा नियमावली–२०४० बमोजिम कारबाहीको दायरामा ल्याइने जनाएको छ । विभागका अनुसार मारुती सिमेन्टको संकलित नमुना परीक्षण गर्दा सिमेन्टको मापन ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्रै देखिएको थियो । मुख्य उत्पादन कार्यायलय सिरहामा रहेको मारुती सिमेन्टलाई गुणस्तरहीन सिमेन्टबारे विभागले १५ दिने स्पष्टीकरण सोधेको थियो ।

प्रतिक्रिया दिनुहोस

अंतरजातीय प्रेम विवा ...

ओम प्रकाश यादव लहान वैशाख १८ । सिरहा जिल्लाको लहान नगरपालिका–१२, जट्टीयाहीस्थित एक दलित परिवार ...

वडा अध्यक्ष अमित ठकु ...

विनोद मण्डल,वैशाख १८ । सिराहा जिल्लाको दुर्गम क्षेत्रको रूपमा रहेको धनगढीमाई १४ बाट वडा अध्यक्ष अमित ...

इलाका प्रहरी कार्याल ...

कष्णनगर , बैशाख १७  इलाका प्रहरी कार्यालय कृष्णनगर परिसरमा माता दुर्गा भवानी मन्दिरकाे समुद्घाट ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१