कपिलवस्तु । नेपाल लोक संगित र संस्कृतिको देश भनेर चिनिन्छ । नेपाल बहुभाषा, बहुसंख्यक मानिसहरुको बसोबास रहेकोले यहाँ विभिन्न किसिमको भाषा, गीत संगित मौसम अनुसार विभिन्न गायक/गायिका र सर्जकहरुले बेलाबेलामा देशलाई संगितमय बनाउदै आईरहेको हुन्छ । यसैको दुनियाँमा चर्चित गायिका तारा श्रीस मगर र कबि तथा गायक दुर्लभ जेठामनले अहिले सम्मको बिल्कुलै फरक किसिमको कौडा गीत सार्बजनिक गर्दैछ्न । समाजसेबी तथा रचनाकार मनु बाँठा मगरको शब्दमा बनेको "जोबन बैना देउ"को निर्माण मनु बाँठा मगरले गर्नुभएको हो । संगित तथा कबि दुर्लभ जेठामन, गायिका तारा श्रीस मगर र अंजली गुरुङको स्वर रहेका छन, भने गीतको एरेन्ज निम संगितले गर्नुभएको छ । भिडियोको निर्देशक, सम्पादन र कोरियोग्राफ केशु पुन मगरले गर्नुभएको छ । भिडियोको कथाको डाईरेक्सन दुर्लभ जेठामनको रहेको छ । भने छायांकन दुर्गा पौडेलले गर्नुभएको छ । गीतको भिडियो मोडलिङमा प्रिया मगर, अंजली गुरुङ र अनुप मगरको कडा अभिनय रहेको छ । भने रेकर्डिङ पृथक स्टुडियोले गरेका छन । गीत काठमाडौ बागबजारस्थित होटेल हार्दिकमा भोलि २ बजे लोकार्पण पश्चात सार्बजनिक गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सप्तरीको सुरुङ्गामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तकको सामुदायिक विमोचन, महिला आन्दोलनका इतिहास अभिलेखीकरणमा जोड
खडक नगरपालिकामा हेल्पिङ हार्टको सहयोग : १,२०० भन्दा बढी परिवार लाभान्वित, वडा नं. ६ का अध्यक्षको विशेष पहल
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved