Siraha Times
ताजा समाचार

गायिका तारा श्रीस मगर र दुर्लभ जेठामनको बिल्कुलै फरक कौडा गीत "जोबन बैना देउ" भोलि सार्बजनिक

  • मंसिर १५, २०७८
  • ११४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु । नेपाल लोक संगित र संस्कृतिको देश भनेर चिनिन्छ । नेपाल बहुभाषा, बहुसंख्यक मानिसहरुको बसोबास रहेकोले यहाँ विभिन्न किसिमको भाषा, गीत संगित मौसम अनुसार विभिन्न गायक/गायिका र सर्जकहरुले बेलाबेलामा देशलाई संगितमय बनाउदै आईरहेको हुन्छ । यसैको दुनियाँमा चर्चित गायिका तारा श्रीस मगर र कबि तथा गायक दुर्लभ जेठामनले अहिले सम्मको बिल्कुलै फरक किसिमको कौडा गीत सार्बजनिक गर्दैछ्न । समाजसेबी तथा रचनाकार मनु बाँठा मगरको शब्दमा बनेको "जोबन बैना देउ"को निर्माण मनु बाँठा मगरले गर्नुभएको हो । संगित तथा कबि दुर्लभ जेठामन, गायिका तारा श्रीस मगर र अंजली गुरुङको स्वर रहेका छन, भने गीतको एरेन्ज निम संगितले गर्नुभएको छ । भिडियोको निर्देशक, सम्पादन र कोरियोग्राफ केशु पुन मगरले गर्नुभएको छ । भिडियोको कथाको डाईरेक्सन दुर्लभ जेठामनको रहेको छ । भने छायांकन दुर्गा पौडेलले गर्नुभएको छ । गीतको भिडियो मोडलिङमा प्रिया मगर, अंजली गुरुङ र अनुप मगरको कडा अभिनय रहेको छ । भने रेकर्डिङ पृथक स्टुडियोले गरेका छन । गीत काठमाडौ बागबजारस्थित होटेल हार्दिकमा भोलि २ बजे लोकार्पण पश्चात सार्बजनिक गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीपहिरो प ...

ओम प्रकाश यादव लहान भदौ २३ । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपहिरोबाट भएको ठूलो मानवीय तथा जनधनको क ...

शान्ति पुनर्स्थापना ...

कपिलवस्तु, भाद्र २२ । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप् ...

लहानमा गर्भवती तथा स ...

रहमुल, लहान, २२ भदौ । सिरहाको लहान नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाको पोषण अवस्था सुधार ग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१