सिरहामा दूई बलात्कारको घटना, आरोपित फरार

  • भदौ ९, २०७५
  • १५४२ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान, ९ भदौ । सिरहाको लक्ष्मीपुर पतारी ५ मा एक ३६ बर्षीया महिलाको बलात्कार गरेको छ । भदौ ७ गते राती १२ बजेतीर लक्ष्मीपुर पतारी ५ खरुकियाही बस्ने बर्ष ३५ को सुरेश यादवले जबर्जस्ती करणी गरेको हो । मध्य राती सुतिरहेको अवस्थामा यादवले पीडित महिलालाई मुखमा कपडा कोचेर जबर्जस्ती करणी गरी मरनासन कुटपिट समेत गरेको पीडितपक्षले बताएका छन् । पीडितपक्षले न्यायको लागि ईलाका प्रहरीमा उजुरी दिंदा पहिलो पटक फिर्ता गरेको थियो । प्रहरीलाई चौतर्फी दवाव परेपछि भदौ ८ गते मात्र उजुरी दर्ता गरिएको छ । बलात्कारको आरोपितलाई पतारी प्रहरीले पक्राउ नगर्दा स्थानीयवासी आक्रोशित भएका छन् । उता, नशालु पदार्थ खुवाएर सिरहाको लहानमा एक महिलालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । लहान ३ अस्पताल चौक स्थित मां तारा लांजमा एक महिला बलात्कारको सिकार भएकी हुन । पीडित महिलाको स्वास्थ्य गम्भीर रहेको जनाएको छ । बलात्कारपछि महिलालाई लांजमै छाडेर घटनामा संलग्न दोषी भागेका छन् । ग्राहकले महिलालाई नांगो अवस्थामा देखेपछि लहान प्रहरीमा खबर गरिएको थियो । त्यसलगतै घटनास्थल पु्गेर उनको उद्धार गरी उपचारका लागि अस्पताल पुरयाएको छ । घटना विहीवार भएको हो । पश्चिमको बलात्कारको घटना नसेलाउंदै सिरहामा यो बलात्कारको क्रम रोकिएको छैन । सिरहा सप्तरीमा प्रत्येक दूई दिनमा एक बलात्कारको घटना सार्वजनिक हुने गरेको छ । बलात्कारीलाई राजनीतिक दलका प्रतिनिधिहरुले संरक्षण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

औरही गाउँपालिकामा SE ...

रहमुल लहान, अषाढ २८ । सिरहा जिल्लाको औरही गाउँपालिका ५ स्थित सुन्दर जनता माध्यमिक विद्यालयमा २०८१ सा ...

बरियारपट्टी वडा नं. ...

ओम प्रकाश यादव, लहान अषाढ २७ । सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ मा आ.व. २०८१/८२ को ...

श्री मावि पडरिया थार ...

ओम प्रकाश यादव, लहान, असार २७ । शिक्षा क्षेत्रमा प्रविधिमैत्री र नविनतम अभ्यासलाई आत्मसात गर्ने क्रम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१