ताजा समाचार

सिरहामा दूई बलात्कारको घटना, आरोपित फरार

  • भदौ ९, २०७५
  • १६८७ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान, ९ भदौ । सिरहाको लक्ष्मीपुर पतारी ५ मा एक ३६ बर्षीया महिलाको बलात्कार गरेको छ । भदौ ७ गते राती १२ बजेतीर लक्ष्मीपुर पतारी ५ खरुकियाही बस्ने बर्ष ३५ को सुरेश यादवले जबर्जस्ती करणी गरेको हो । मध्य राती सुतिरहेको अवस्थामा यादवले पीडित महिलालाई मुखमा कपडा कोचेर जबर्जस्ती करणी गरी मरनासन कुटपिट समेत गरेको पीडितपक्षले बताएका छन् । पीडितपक्षले न्यायको लागि ईलाका प्रहरीमा उजुरी दिंदा पहिलो पटक फिर्ता गरेको थियो । प्रहरीलाई चौतर्फी दवाव परेपछि भदौ ८ गते मात्र उजुरी दर्ता गरिएको छ । बलात्कारको आरोपितलाई पतारी प्रहरीले पक्राउ नगर्दा स्थानीयवासी आक्रोशित भएका छन् । उता, नशालु पदार्थ खुवाएर सिरहाको लहानमा एक महिलालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । लहान ३ अस्पताल चौक स्थित मां तारा लांजमा एक महिला बलात्कारको सिकार भएकी हुन । पीडित महिलाको स्वास्थ्य गम्भीर रहेको जनाएको छ । बलात्कारपछि महिलालाई लांजमै छाडेर घटनामा संलग्न दोषी भागेका छन् । ग्राहकले महिलालाई नांगो अवस्थामा देखेपछि लहान प्रहरीमा खबर गरिएको थियो । त्यसलगतै घटनास्थल पु्गेर उनको उद्धार गरी उपचारका लागि अस्पताल पुरयाएको छ । घटना विहीवार भएको हो । पश्चिमको बलात्कारको घटना नसेलाउंदै सिरहामा यो बलात्कारको क्रम रोकिएको छैन । सिरहा सप्तरीमा प्रत्येक दूई दिनमा एक बलात्कारको घटना सार्वजनिक हुने गरेको छ । बलात्कारीलाई राजनीतिक दलका प्रतिनिधिहरुले संरक्षण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤