Siraha Times
ताजा समाचार

लहानमा प्रेमघात फिल्मको लागि अडिसन

  • मंसिर १५, २०७८
  • ८४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, १५ मंसिर । दीनाभद्री फिल्म प्रोडक्सन प्रालि लहान ७ ले भोजपुरी भाषाको प्रेमघात फिल्म निर्माण कार्य अघि बढाएको छ । महमुद आलमको निर्देशनमा प्रेमघात फिल्मको नयाँ कलाकारहरुको छनौटको लागि मंसिर २१ गतेभित्र आवेदन फारम भर्न आव्हान गरिएको छ । नेपाली कलाकारसहित भारतीय नायिकाहरुको समेत यस फिल्ममा मुख्य भूमिका रहने फिल्म निर्माता दिपेन्द्र ठाकुरले जानकारी दिएका छन् । मंसिर २१ देखि २३ गतेसम्म सो फिल्मको लागि कलाकारहरुलाई अडिसन लिने भएको छ । अडिसन विहान १० देखि ३ बजेसम्म हुने भएको छ । अडिसनको लागि लहान ७ स्थित रहेको श्री लक्ष्मी गेष्ट हाउसमा हुने बताएको छ । प्रेम, मनोरञ्जन, फाइट एक्सनसहितको निर्माण हुन गइरहेको सो फिल्मका फाइट मास्टर प्रदीप खडका रहने भएको छ । करिब ५० लाखको लागतमा निर्माण हुन गइरहेको प्रेमघात फिल्मलाई आधा दर्जन भाषामा डबिँग गरिने फिल्मका निर्देशक आलमले बताए ।

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीपहिरो प ...

ओम प्रकाश यादव लहान भदौ २३ । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपहिरोबाट भएको ठूलो मानवीय तथा जनधनको क ...

शान्ति पुनर्स्थापना ...

कपिलवस्तु, भाद्र २२ । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप् ...

लहानमा गर्भवती तथा स ...

रहमुल, लहान, २२ भदौ । सिरहाको लहान नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाको पोषण अवस्था सुधार ग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१