ताजा समाचार

मैले छोएको पानी चल्दैन, गोसाई पुजाको कारण अन्तर दलित छुवाछुत

  • भदौ ६, २०७५
  • १२०२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान, ६ साउन । ‘मेरो विवाह भएर बस्न थाल्दा समाजिक विभेदको अभाष पाइन्’ किनकी ‘मेरा पति सधै सदाय वस्तीकै नेतृत्व गरिरहेकोले खानपिन उठबस उनीहरु संगै हुने गरेको छ ।’ ‘आज म यो कुर्सीमा छु त्यो सबै दलितहरुको सहयोगबाट प्राप्त गरेको छु ।’ सखुवानन्कारकट्टीका न्यायिक समितिका प्रमुख तथा उपप्रमुख अमलादेवी यादवले बताइन् ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जिल्ला शाखा लहान सिरहाको आयोजनामा प्रभावकारी सहभागिता, आधारभूत सेवा र न्यायमा समन्यायिक पहुंच विषयक अन्तर समुदाय संवाद कार्यक्रममा आज उपप्रमुख यादवले विभेद अन्त्य हुनुपर्छ भन्दै ‘हाम्रो समितिमा अधिकतम बहुविवाहको मुद्दा आउंने गरेको छ ।’ ‘हालसम्म एकआध मुद्दा आएपनि अधिकतम प्रहरीमा जाने गरेको छ ।’ उनले बताइन् । 
दलित अधिकारकर्मी देवनारायण रामले गोसाई पुजाको कारण दलितभित्रै छुवाछुत रहेको भन्दै एउटै देउता चमारको, एउटै देउता सदाय पासमान डोमको तर,बह्मानवादी सोचको कारण डोम मुसहरलाई दलितहरु नै छुवाछुत गरिरहेको छ उनले बताए । 
अधिकारकर्मी रामले अन्तर जातीय र गैरदलितमा समेत छुवाछुत जकडिएको छ । यसलाई भत्काउंन पहिले दलित एकताको आवश्यकता छ । गैरदलितले छुवाछुत गर्छ भने दलितले पनि बहिष्कार गर्नुपर्छ भन्दै शासन प्रशासन, शिक्षा, स्वास्थ्य, कर, होटल, भोजभतेरलगायत विभेद स्वफुर्त अन्त्य हुने उनले दावी गरे । 
हुकुमलाल पासमानले अन्तर दलितबीचको विभेद हटाउंन डोमकै घरमा भोजको आयोजना हुनुपर्छ । त्यही सबै दलितले भोज खाएर एकताबद्धको सन्देश दिनुपर्छ अनि मात्रै विभेद अन्त्य हुने उनले बताए । 
दिलिप मरिक डोमले ‘हामीले छोएको पानी दलितहरुले नै खादैन ।’ तर, हामीले बनाएको डाला, कोनिया, टाटवार आफ्ना गोसाई (देउता)लाई चढाउंछन् । यसैले हामी चार घर डोमले अरुको भोज नै खान छाडिसके उनले बताए । 
वविता पासमानले जनवैनमा जांदा पनि खत्वे मण्डलले हाम्रो छोएको पानी पिउदैन । अन्तै खानको लागि पैसा लिने गरेको छ । भोतभतेरको बेला दाल चामल तरकारी जलावन लिएर गैरदलितको घरमा दिनुपर्ने विभेद आज पनि रहेको उनले बताइन् । 
सखुवानन्कारकट्टी ५ स्थित भएको संवाद कार्यक्रममा ईलाका प्रहरी कार्यालय महेशवारीका इन्चार्ज रामकुमार चौधरी, स्वास्थ्यकर्मीद्धय रामकुमार चौधरी र अमृत चौधरी, वडा ५ का अध्यक्ष वैद्यनाथ यादव, मानव अधिकार संजालका गाउं समितिका संयोजक सत्यनारायण ठाकुरलगायतले विभेद अन्त्य र न्यायमा पहुंचको बारे विस्तृत छलफल गरेका छन् । कार्यक्रमका सहजिकरण नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वर गुप्ताले गरेका थिए भने दलित संघका सिरहा अध्यक्ष मोहन पासमानले कार्यक्रम समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤