स्याहारकर्तामा क्षमता विकास गराई घर घरमा सुरक्षित सिकाई कार्यक्रम प्रभाव कारी बनाउने: परियोजना अधिकृत राधेश्याम राम

  • मंसिर ८, २०७८
  • ७४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा लहान ८ मंसिर - सप्तरीको सुरुङ्गा नगरपालिका स्थितका विभिन्न वडाहरुमा रहेका स्याहारकर्ता समुह र स्थानीय सरकारका पद्धाधिकारीहरु बिच परामर्श बैठक सम्पन भएको छ ।२०३ जना आमाहरु सदस्यहरुको समुहका संयोजक र सुरुङ्गा नगरपालिकाका जनप्रतिनीधीहरु बिच घरमा सुरक्षित सिकाई बतावरण निर्माणका सल्लाह सुझाव सहित परामर्श गरी अगामी दिनहरुमा प्रत्येक वडाको सबै घरधुरी लक्षित गरी परियोजना संचालन गर्न गराउन सहमत भएका छन । सेभ द चिल्ड्रेनको सहयोग तथा सबल नेपालको आयोजनामा सुरुङ्ग नगरपालिकाको वडा नम्वर ७ र ८ आयोजित घरमा सुरक्षित बतावरणका लागि स्याहारकर्ता, अभिभावक र समुदायलाई क्षमता विकास गराई उक्त परियोजना संचालन भएको भन्दै अगामी दिनमा नगरपालिकाले यो कार्यक्रम लाई निरन्तरता दिन पहल गर्ने प्रमुख अतिथी समेत रहनुभका सामाजिक विकास समिति संयोजक देवेन्द्र प्रसाद चौधरीले बताउनु भएको छ ।

कोरोना माहामारीको समयमा हजारौ बालवालिकाहरुको शैक्षिक गतिविधीहरुमा गम्भिर प्रभाव परिरहेकोले खेलकुद र शैक्षिक सामग्रीहरु सहित घर घरमा मिनी पुस्तकालय स्थापना समेत गराएको कार्य अति प्रभावकारी रहेको वडा नम्बर ८ का अध्यक्ष ईन्द्रेव चौधरी जानकारी गराउनु भएको छ। वालवालिकाहरुलाई अध्ययन गर्न विभिन्न प्रकारका खेलकुद तथा शैक्षिक सामग्रीहरु वितरण गरे लगतै उक्त सामग्रीहरु बालमैत्री बतावरणमा प्रयोग गर्न र गराउनकालागि आमाहरुलाई क्षमता विकास तालिम दिईएको सुरुङ्गा नगरपालिकाका नगर शिक्षा समिती सदस्य शुभनारायण चौधरीले बताउनु भएको छ ।

सुरुङ्गा नगरपालिकाको समन्वय र सेभ द चिल्ड्रेनको साझेदारीमा सबल नेपाल सप्तरी द्वारा संचालित घरमा सुरक्षित र सिकाई कार्यक्रम अन्तर्गत सबल नेपाल सप्तरीले शैक्षिक सामग्रीहरु सहयोग गरी उक्त सामग्रीहरु बालमैत्री बतावरणमा प्रयोग गर्न गराउन क्षमता विकास तालिम दिईएको परियोजना अधिकृत राधेश्याम रामले जानकारी गराउनु भएको छ । विगत दुई बर्ष देखी विश्वव्यापी रुपमा फैलिरहेको कोरोना माहामारीका कारण विशेष गरी शिक्षा क्षेत्र धारासायी बन्दै गईरहेको अवस्थामा ३ बर्ष देखी माथी र ५ बर्ष मुनीका बालवालिकाहरुलाई लक्षित गरी उनिहरुको घरघरमै मिनि पुस्तकालय स्थापना गरीएको छ र सुरक्षित रुपमा घरमै अध्ययन गर्नकालागि आमाहरुको भुमिका संजिवनी वुटी हुनेभएकोले उक्त तालिम संचालन गरेको जनाईएको छ।

सबल नेपालका समुन्नति कार्यक्रमका परियोजना संयोजक नन्दकिशोर चौधरीका अनुसार दुवै सुङ्गा नगरपालिका वडा नम्वर ७ र ८ का २०३ जना अभिभावक र स्याहारकर्ता आमाहरु संरक्षण र सिकाई संग सम्बन्धित बिषयमा अन्तरक्रृयात्मक सेसनमा प्रत्येक हप्ताको १पटक अनिवार्य रुपमा भागलिने गरेको र समय समयमा क्षमता विकास सम्बन्धी तालिम दिएर फराकिलो सोच भएका सक्षम बालवालिकाहरु निर्माण हुने बताउँनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

प्रदेश सरकार द्वारा ...

रहमुल लहान चैत्र १५ । मधेस प्रदेश सभा सदस्यहरु माननीय राजकुमार गुप्ता, शत्रुधन प्रसाद सिंह लगायत अन् ...

जातिय छुवाछुत विरुद् ...

संजू कुमारी दास चैत्र १४ । गोलबजार नगरपालिका वडा नं. ५ मगर टोलमा जातिय छुआछुत विरुद्धको शान्ति भोज स ...

मधेश प्रदेश सरकारमा ...

जनकपुरधाम, १४ चैत । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रवक्ता डा.आभास लाभले राज्यसत्ताको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१